तपाईले यी अवस्थामा आफुलाई पाइसकेको हुनुपर्छः
एउटा ट्रेडिङ्ग सेटअप तपाईको आँखामा पर्यो, त्यसैले तपाईले गृहकार्य गर्नुभयो।
तपाईले त्यसको आधारभूत अवस्थाको अध्ययन गर्नुभयो, त्यसको अघिल्ला मूल्यहरुको उतारचढाव हेर्नुभयो, र प्राविधिक उपकरणहरुमा पनि हेर्नुभयो। तपाईले ‘इन्ट्री’ र ‘एक्जीट’ का सामान्य ट्रेडिङ्ग योजनाहरु पनि बनाउनु भयो।
तर, जब अर्डर राख्ने बेला आयो, तब तपाईलाई सबै कुरामा शंका लाग्न थाल्यो। तपाईले पर्खन निर्णय गर्नुभयो।
तपाईले अस्वभाविक स्तरमा इन्ट्री राख्नु भयो अथवा तपाईले अकस्मात आफु लाग्नु अघि केही ‘बजार अवस्था’ मिल्नुपर्ने सोच राख्नुहुन्छ।
दुर्भाग्यवश, बजारले कसैलाई कुर्दैन। मूल्य तपाई बिना पनि अगाडि बढ्छ र तपाईले आफ्नो सोचेजस्तो गर्नुभएको भए ‘विनिङ्ग ट्रेड’ पाउनुहुन्थ्यो। दुःख
त्यसपछि तपाई त्यो कदम नचल्दा आफुले चुकाउनु परेको मूल्यलाई सम्झनुहुन्छ। झन् दुःख
यदि माथि उल्लेखित अवस्था तपाई बारम्बार सामना गरिरहनु भएको छ भने, त्यसको कारण तल दिइएकामध्ये एक (वा त्योभन्दा बढी) हुन सक्छः
१) तपाईले एक ट्रेडमा गुमाउनु भयो
हुनसक्छ तपाईको एकाउन्टले ठूलो चोट खाएको हुनसक्छ, अथवा तपाई ट्रेडमा गिरावटमा हुनुहुन्छ। किनभने त्यसको घाउ अझै आलो छ, तपाई अर्को उपलब्ध ट्रेडिङ्ग अवसरको प्रतिक्षा गर्न इच्छुक हुनुहुन्छ।
घाटा अनुभव गरिसकेपछि अर्को सेटअप लिन डराउनु सामान्य कुरा हो। मुख्य कुरा भनेको आफ्नो जोखिम व्यवस्थापन गर्नु हो ताकि तपाईले अर्को ट्रेडमा गुमाउनु भएपनि तपाई सामान्य रहन सकियोस्।
ठूलो दृश्यमा केन्द्रित हुनुपर्ने सम्झनुस् ताकि आफ्नो दीर्घकालिन तथ्याङ्क देखियोस्, अल्पकालिन नाफा र घाटा होइन।
२) तपाई पैसा गुम्छ भनेर निकै डराउनु हुन्छ
ट्रेडरहरु आफ्नो वास्तविक पैसा गुम्छ भन्ने डराउनुको एक साधारण कारण यो हो की उनीहरु आफुले एउटा ट्रेडमा गुमाउन सक्ने क्षमता भन्दा बढीको जोखिम लिइरहेका हुन्छन्।
यदि तपाई पनि यही समूहमा पर्नुहुन्छ भने, तपाईले साना जोखिम लिनतर्फ लाग्नुस् अथवा तपाई डेमो ट्रेडिङ्गतर्फ फर्कनुस्।
जब तपाईलाई पैसाको बारे चिन्ता हुँदैन, तब तपाई आफ्नो ट्रेडिङ्ग स्किल बढाउनेतर्फ केन्द्रित हुन सक्नुहुन्छ। र तपाईले लङ्ग रनमा तुलनात्मक रुपमा धेरै नाफा कमाउने ट्रेडर बन्ने राम्रो मौका पाउनुहुनेछ।
३) आफ्नो विश्लेषणमा तपाईलाई विश्वास छैन
नयाँ ट्रेडर जो एक नयाँ सम्पत्तीको वरिपरि आफ्नो बाटो भएको महसुस गरिरहेका छन्, उनीहरु ती बक्सहरुको बारेमा निकै खुशी महसुस गर्न सक्छन् जसलाई उनीहरुले टिक गर्नुपर्छ र प्राय एक वैध ट्रेडिङ्ग सेटअपको सामना गर्दा उनीहरुको विश्लेषण पक्षघातमा भइ समाप्त हुन्छ।
अनुभवि ट्रेडरहरुमा यो त्यति सजिलै हुँदैन। उनीहरु अनगिन्ती बजार अपडेटहरु, निःशुल्क र सःशुल्क ट्रेडिङ्ग सिग्नलहरु, र विभिन्न ‘विज्ञ’ हरुको विचारबाट गुज्रिनुपर्छ। यदि तपाई सेटअप लिने कुरामा निश्चित हुनुहुन्न तर त्यसमा केही जोखिम लिनुपर्छ जस्तो लाग्छ भने आफ्ना इन्ट्रीहरुलाई एभरेजिङ्ग गर्नुहोस् अथवा टाइट जोखिम व्यवस्थापन योजना बनाउनुस्।
४) तपाई गुमाउनुलाई घृणा गर्नुहुन्छ
हजारौँ मानिसहरुले केबल टिभीका लागि तिर्न घृणा गरेजस्तै तपाईले गुमाउनुलाई घृणा गर्नुहुन्छ भने, तपाईको लागि चार शब्दः
तपाई किन यहाँ हुनुहुन्छ?
याद राख्नुस् कि गुमेको ट्रेडले नराम्रो ट्रेडर बनाउँदैन। नराम्रा ट्रेडिङ्ग बानीहरुले नराम्रो ट्रेडर बनाउँछ।
यदि गुम्ने डरले तपाईलाई वैध सेटअपहरु लिनबाट रोक्छ अथवा यदि अवसर बढाउनु भन्दा बढी महत्वपूर्ण तपाईको लागि जीत कायम राख्नु हो भने, तपाईले आफ्नो ट्रेडिङ्गलाई पुनर्विचार गर्नुपर्ने हुन्छ।
चिन्ता नलिनुस्, ट्रेडिङ्ग सबैको लागि होइन। यदि तपाई आफ्नो घाटालाई चाँडै कम गर्नुहुन्छ भने तपाई आफ्नो एकाउन्ट माथि पनि दया गर्नुहुन्छ।
५) तपाईले साइडलाइनमा बस्नुमा नै समझदारी छ भन्ने सोच्नुहुन्छ
ट्रेडरले एउटा वैध सेटअप गुमाउनुको अर्को कारण हो उनीहरुले त्यो त्यस्तो जित्ने ट्रेड हुन्छ भनेर सोच्दैनन्।
यो याद राख्नुस् कि ट्रेडरले सबै वैध कदम चाल्नुपर्छ भन्ने छैन, उनीहरुले केबल एक उत्कृष्ट रिवार्ड टु रिस्क रेशियो र उत्कृष्ट अड लिन आवश्यक छ।
तर, ट्रेडिङ्गमा पछाडिको दृश्य २०/२० को छ।
कहिलेकाहीँ, ट्रेडरले लिएको ‘प्रमिसिङ्ग’ सेटअपहरु पनि उनीहरुले अपेक्षा गरे अनुसार नहुन सक्छ। त्यसैगरी, ट्रेडरले ‘जोखिम लिन उपयुक्त छैन’ भनेर फाल्छन्, त्यो पनि सबैभन्दा ठूलो जीत हुनसक्छ।
जबसम्म तपाई आफुले प्रयोग गरेका वा परीक्षण गरेका मापदण्डहरु अनुशरण गर्नुहुन्छ र आफ्नो ट्रेडिङ्ग योजनामा टिक्नुहुन्छ, तब विजयी ट्रेड छुट्दा पनि तपाईलाई खासै दुःख हुँदैन।
(बेबीपिप्सबाट अनुवादित)