सानिमा जनरल इन्स्योरेन्सले डाक्यो स्थगित साधारण सभा

Jun 16, 2021 09:01 AM Merolagani



सानिमा जनरल इन्स्योरेन्सले स्थगित वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको असार १ गते बसेको बैठकले असार २३ गते बिहान १०ः३० बजे आफ्नो केन्द्रिय कार्यालय, कमलादीमा भर्चुअल माध्यमबाट तेस्रो बार्षिक साधारण सभा गर्ने भएको छ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने तयारी गरेको छ।

यस्तै गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको लगायतका प्रस्ताव समेत अनुमोदन हुनेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि बैशाख २९ गते देखि जेठ ११ गतेसम्म बुक क्लोज गरेको थियो। त्यस अनुसार बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्रै साधारण सभामा सहभागी हुन सक्नेछन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।