ट्रिपल रियर क्यामेरा सहित एमआई ११ लाइट स्मार्टफोन नेपालमा, कति छ मूल्य ?

Jun 16, 2021 01:27 PM merolagani



नेपाली बजारमा एमआई ११ लाइट स्मार्टफोन सार्वजनिक भएको छ ।  ट्रिपल क्यामेरा भएको एमआई ११ लाइट सार्वजनिक भएको हो । ६.५५ इन्च एमोलेड डच डिस्प्ले भएको फोनमा ९० हर्जको रिफ्रेस रेट रहेको छ । फोनको डिस्प्लेलाई कोर्निङ गोरिल्ला ग्लास ५ ले सुरक्षित गरिएको छ । 

इमआई ११ लाइटमा फुल एचडी प्लस रिसोलुसन रहेको छ । साथै फोनमा ८ एनएनको क्वालकम स्न्यापड्रयागन ७३२ जी फोरजी प्रोसेसर राखिएको छ । 

नेपालमा उपलब्ध भएको यसमा ६ जीबी र्‍याम र १२८ जीबी रोम रहेको छ । यसमा एन्ड्रोइड ११ मा आधारित एमआई युआई १२ उपलब्ध छ । फोनमा ट्रिपल रियर  क्यामेरा छन् । जसमा ६४ मेगापिक्सेल प्राइमरी लेन्स, ८ मेगा पिक्सेल अल्ट्रा वाइड लेन्स र ५ मेगापिक्सेल टेलेम्याक्रो सेन्सर रहेका छन् ।

साओमीको एमआई ११ लाइटमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । सुरक्षाका लागि यसमा फेसलक र फिंगरप्रिन्टको व्यवस्था गरिएको छ । 

एमआई ११ लाइटमा ४२५० एमएएचको ब्याट्री उपलब्ध छ । जसले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । 

नेपाली बजारमा एमआई ११ लाइट फोनको मूल्य ३४ हजार ९९९ रूपैयाँ तोकिएको छ । यो फोन चाँडै आधिकारिक रिटेल स्टोरमा उपलब्ध हुने साओमीले नेपालले जनाएको छ । 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।