ट्रिपल रियर क्यामेरा सहित एमआई ११ लाइट स्मार्टफोन नेपालमा, कति छ मूल्य ?

Jun 16, 2021 01:27 PM merolagani



नेपाली बजारमा एमआई ११ लाइट स्मार्टफोन सार्वजनिक भएको छ ।  ट्रिपल क्यामेरा भएको एमआई ११ लाइट सार्वजनिक भएको हो । ६.५५ इन्च एमोलेड डच डिस्प्ले भएको फोनमा ९० हर्जको रिफ्रेस रेट रहेको छ । फोनको डिस्प्लेलाई कोर्निङ गोरिल्ला ग्लास ५ ले सुरक्षित गरिएको छ । 

इमआई ११ लाइटमा फुल एचडी प्लस रिसोलुसन रहेको छ । साथै फोनमा ८ एनएनको क्वालकम स्न्यापड्रयागन ७३२ जी फोरजी प्रोसेसर राखिएको छ । 

नेपालमा उपलब्ध भएको यसमा ६ जीबी र्‍याम र १२८ जीबी रोम रहेको छ । यसमा एन्ड्रोइड ११ मा आधारित एमआई युआई १२ उपलब्ध छ । फोनमा ट्रिपल रियर  क्यामेरा छन् । जसमा ६४ मेगापिक्सेल प्राइमरी लेन्स, ८ मेगा पिक्सेल अल्ट्रा वाइड लेन्स र ५ मेगापिक्सेल टेलेम्याक्रो सेन्सर रहेका छन् ।

साओमीको एमआई ११ लाइटमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । सुरक्षाका लागि यसमा फेसलक र फिंगरप्रिन्टको व्यवस्था गरिएको छ । 

एमआई ११ लाइटमा ४२५० एमएएचको ब्याट्री उपलब्ध छ । जसले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । 

नेपाली बजारमा एमआई ११ लाइट फोनको मूल्य ३४ हजार ९९९ रूपैयाँ तोकिएको छ । यो फोन चाँडै आधिकारिक रिटेल स्टोरमा उपलब्ध हुने साओमीले नेपालले जनाएको छ । 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।