यूराेकपकाे नतिजा मिलाउने खेलप्रेमीका लागि लक्ष्मी बैंकले ल्यायाे ‘गोल प्रेडिक्ट एन्ड विन’ याेजना, उपहार यस्ताे छ

Jun 16, 2021 12:15 PM merolagani



लक्ष्मी बैंकले मोबाइल मनि प्रेडिक्ट एन्ड विन योजना सार्वजनिक गरेको छ ।युरो कप २०२१ संचालन भइरहेको अहिलेको अवस्थामा लक्ष्मी बैंकले  खेल पारखीहरुलाई मध्यनजरमा राखेर उत्साह थप्न बैंकले एफवान सफ्टसँगको सहकार्यमा ‘गोल प्रेडिक्ट एन्ड विन’ योजना ल्याएको हो ।

यो योजना युरो कप २०२१ सुरु भएको दिनदेखि अर्थात जुन ११ देखि सुरु भएको बैंकले जनाएको छ । यो योजना युरो कपको अन्त्यसम्म अर्थात अन्तिम दिन जुलाई ११ सम्म जारी रहने बैंकले जनाएको छ ।

यस योजनामा ५ जना भाग्यशाली विजेताहरूले ५० एमबीपीएसको १ वर्षको इन्टरनेट सुविधा पाउन सक्ने छन् ।योजनामा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाइल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाइल मनिका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्सफर गरी यसमा सहभागी हुन सक्नेछन् । 

मोबाइल मनिको फोन–पे वा अन्तर बैंक नगद ट्रान्सफरबाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । 

योजनाको अवधि पछि युरो कपको विजेता देशको सही अनुमान गर्ने ग्राहकहरू मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिने बैंकले जनाएको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।