उद्योगी तथा व्यवसायीकाे आत्मवल घट्याे,खाेप व्यवस्था हाेस्: नेपाल चेम्वर अफ कमर्स

Jun 16, 2021 01:55 PM Merolagani



नेपाल चेम्वर अफ कमर्सले उद्योगी तथा व्यवसायीहरुलाई कोभिड १९ विरूद्दकाे खोप उपलब्ध गराउन आग्रह गरेको छ । चेम्बरले अग्रपंक्तिमा कार्यरत समस्त व्यवसायिक क्षेत्रको आत्मवल घटेको भन्दै खोप उपलब्ध गराउने आग्रह गरेको हो ।

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै चेम्बरले नीजि क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्ने जनाएको छ ।

नयां भेरियण्टको कोभीड-१९ को दोश्रो चरणको महामारीले समस्त उद्योगी तथा व्यवसायीहरुलाइ आक्रान्त तुल्याएको छ भने समयमै कोरोना बिरुद्धको भ्याक्सिन उपलब्ध नभएकोले अग्रपंक्तिमा कार्यरत समस्त व्यवसायिक क्षेत्रको आत्मवलमा घटेको चेम्बरले जनाएको छ । कोरोना बिरुद्धको भ्याक्सिन उपलब्ध नभएकोले उद्योग व्यवसाय संचालन गर्न समेत चुनौतिपूर्ण अवस्था सिर्जना भएको चेम्बरले जनाएको छ ।

उद्योग तथा व्यवसाय संचालनको क्रममा कार्यरत समग्र नीजि क्षेत्र, जोखिमयुक्त वर्गमा पर्ने भएको हुंदा उद्याेगी, व्यापारी तथा कर्मचारीहरुलाई पनि दुवै चरणको खोपको व्यवस्था गर्न नेपाल चेम्वर अफ कमर्सले माग गरेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।