सिन्धुपाल्चाेकमा बाढीले नेशनल हाइड्रोपावरको प्रशारण लाइनमा क्षति

Jun 16, 2021 01:52 PM Merolagani



सिन्धुपाल्चाेक मंगलबार बेलुकादेखि आएको बाढीले नेशनल हाइड्रोपावरको प्रशारण लाइनमा क्षति पुर्याएकाे छ । 

 नेशनल हाइड्रोपावरका अध्यक्ष कुमार पाण्डेका अनुसार आयोजनाको पावर हाउस, बाँध, सुरुङ्ग लगायतमा संरचनामा खासै ठूलो क्षति पुर्याएको छैन तर आयोजनाको ३/४ वटा प्रशारणलाइन भने बगाएको छ।

"हामी एनालाइसिस गर्दै छौ, हाम्रो संरचनामा भने धेरै ठुलो असर परेको छैन। " उनले भने "इन्द्रावती खोला मेलम्चीमा मिसिए सकेपछि ३/४ वटा टावर बगाएको भन्ने रिपोट आएको छ। त्यो भनेको धेरै ठूलाे खर्च भने होइन।"

प्रोजेक्टमा चलाउन नसक्नेगरी असर परेको छैन तर टावर बगाएकोले केही प्रभाविेत भएको उनले बताए।

यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाका कामदारहरु बस्ने क्याम्प समेत बगाएको छ । केही कामदार सम्पर्कहीन रहेकाे बताइएकाे छ । त्यहाँ नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी र स्थानीयहरूकाे पहलमा उद्दार र खाेजी कार्य जारी छ ।

बाढीका कारण  सिन्धुपाल्चाेकमा   ७ जनाभन्दा धेरैको मुत्यु भइसकेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।