१५ अर्बको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

Jun 16, 2021 03:25 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत भएको छ । बुधबार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले जारी गरेको उक्त ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

२०८३ “घ” नामको पाँच वर्षे विकास ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकृत भएको नेप्सेले जनाएको छ ।

दीर्घकालीन आन्तरिक ऋण उठाने प्रयोजनका लागि राष्ट्र बैंकले जेठ १३ गते उक्त विकास ऋणपत्र निष्काशन गरेको थियो ।

अर्धवार्षिक रुपमा ऋणपत्र खरिदकर्ताले ४.७९ प्रतिशतका दरले व्याज पाउनेछन् । ऋणपत्र २०८३ जेठ १३ गते परिपक्क हुने नेप्सेले जनाएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।