धितोपत्र बोर्डको विज्ञप्तिपछि शेयर बजारमा पहिरो, फाइनान्स, हाइड्रोपावर र विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट

Jun 16, 2021 03:38 PM Merolagani



मंगलबार नेपाल धितोपत्र बोर्डले लगानीको लागि जोखिम रहेको भन्दै ५१ वटा कम्पनीको नाम सार्वजानिक गरेपछि बुधबार शेयर बजारमा पहिरो गएको छ।

पछिल्लो केहि समयदेखि लगातार बढ्दाे क्रममा रहेकाे बजार मंगलबार सामान्य अंकले घटेको थियो भने बुधबार ५२ अंकले घटेर नेप्से सूच ३ हजार विन्दुभन्दा तल झरेको छ।

यस दिन नेप्से सूचक ५२.३९ अंकले घटेर २९६९.७२ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ८.५६ अंकले घटेको छ।

यस दिन शेयरमूल्य उच्च दरले घट्ने कम्पनीमा पछिल्लो समय उच्चदरले बढ्दै आएका फाइनान्स, हाइड्रोपावर र विकास बैंक रहेका छन्।

 

  • माइक्रोफाइनान्स तिर आकर्षित लगानीकर्ता

बुधबार लगानीकर्ताहरुरु माइक्रोफाइनान्स कम्पनीहरुमा आकर्षित भएको देखिन्छ। उन्य समूहमा बिक्रीचापको कारण उच्च गिरावट आइरहदा माइक्रोफाइनान्सहरुमा भने लगानीकर्ताले खरिद चाप बढाएका छन्।

बुधबार कारोबारमा आएका १३ उपसमूहको सूचमकध्ये १२ उपसमूहको सूचक नकारात्मक देखिएको छ भने माइक्रोफाइनान्स उपसमूहको सूचक भने २.६२ प्रतिशतले बढेको छ।

यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ६.८१ प्रतिशतले घटेको छ भने विकास बेंक उपसमूहको ४.०३ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ४.७४ प्रतिशतले घटेको छ। यस्तै होटल उपसमूहको सूचकमा पनि ५ प्रतिशतभन्दा धेरैको गिरावट देखिन्छ।

यस दिन कारोबार रकम पनि केहि घटेको छ। बुधबार २१९ वटा कम्पनीको २ करोड ८२ लाख ८९ हजजार १२८ कित्ता शेयर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१९ रुपैयाँमा खरिदबिक्री भएको छ।

  • १७ कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार

बुधबार कारोबारमा आएका १७ कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसमा अधिकांश हाइड्रोपावर र फाइनान्स कम्पनी रहेका छन्।

यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशतले घटेको छ भने गोर्खाज फाइनान्सको ९.९२ प्रतिशत, नेश्नल हाइड्रोपावरको ९.९१ प्रतिशत, छ्याङ्दी हाइड्रोको ९.८८ प्रतिशत र आँखु खोला हाइड्रोको ९.८५ प्रतिशतले घटेको छ।

बुधबार सिइडिबि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९० प्रतिशतले बढेको छ भने फस्ट माइक्राेफाइनान्सको ७.२० प्रतिशत, युनियन हाइड्रोपावरको ६.४४ प्रतिशत, आरएसडिडि लघुवित्तको ५.६२ प्रतिशत र सामुदमयिक लघुवित्तको ५.२३ प्रतिशतले बढेको छ।

 

बुधबार नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ६० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टीलरीको ५५ करोड ५७ लाख, नेश्नल हाइड्रोपावरको ४६ करोड ७६ लाख र अरुण भ्यालि हाइड्रोपावरको २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।