थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५२ को मृत्यु

Jun 16, 2021 05:27 PM merolagani



पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

बुधबार कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ भने ५२ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको मन्त्रालयले जनाएको छ ।

असार १ गतेसम्म देशका ४३ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।