बेजोस दुई कारणले न्यूयोर्कबाट सिएटल सरे
यो त्यही ठाउँ हो जहाँ माइक्रोसफ्टको प्रधान कार्यालय छ, त्यसैले त्यहाँ एक्सेप्सनल प्रोग्रामिङ्ग ट्यालेन्टको अवसर धेरै हुन्छ। त्यहाँ नजिकै दुई ठूला पुस्तक वितरण केन्द्र पनि थिएः इनग्राम र बेकर एण्ड टेलर
असफलता अंगाल्न बेजोरले सुरक्षा जाल सेट गरे
धेरै कम्पनीहरु सबै राम्रो हुँदा मात्र तैरिन्छन्। केही गलत भयो भने, क्यासफ्लोट सुस्ताउँछ, पैसा टाइट हुन्छ, र बलिदान दिनु पर्ने हुन्छ। केही व्यवसायहरु साना उतारचढावले नै पलायन हुन्छन्।
एमेजनले असफलताको लागि बजेट छुट्याए र आफ्ना श्रोतलाई ति सबै कुराहरुमा परिचालन गरे जसले उनीहरुलाई असफल बनाउन सक्थ्यो।
बेजोसले उल्टा नै भएपनि जानिजानि जोखिम उठाए
एमेजन मार्केटप्लेसः एमेजनको अतुलनिय प्लेटफर्ममा एक प्रतियोगीको उत्पादन हाल्ने विचार धेरैलाई अपमानजनक लागेको थियो।
एमेजन प्राइमः मूल्यमा भारी वृद्धि नगरी शिपिङ्ग निकै महँगो थियो। बेजोसले कम मूल्यमा फ्रि सिपिङ्गको अफर दिए।
किन्डलः मानिसहरु सोच्थे भौतिक पुस्तकजस्तो ई–बुकहरु बिक्री हुँदैनन्। बेजोसले विभिन्न सुविधासहित जोखिम लिए।
एडब्लुएसः एडब्लुएस खासगरी एमेजनको भित्रि अपरेटिङ्ग सिस्टमका लागि डिजाइन गरिएको थियो। बेजोसले अन्य टिथर डेभलपर्सहरुका लागि पनि सो प्लेटफर्म खुला गर्ने निर्णय गरे। त्यतिखेर कसैले साथ दिएनन् र अहिले एमेजनलाई यतिसम्म कसैले अपेक्षा गरेका थिएनन्।
बेजोसलाई थाहा थियो हजार असफलताको घाटालाई केही सफलताले पूर्ति गर्छ।
एमेजनले भविष्यको प्रयासलाई सफल बनाउने अधिक सम्भावना बनाउनका लागि आफ्नो असफलताबाट सिक्दै र बनाउँदै गरेको थियो। एमेजन फायर फोनमा नराम्ररी असफल भए, तर उनीहरुले आफ्ना असफलताबाट पाठ सिके र एमेजन इको बनाउनका लागि आफ्नो धारणा बनाउन प्रयोग गरे।
गुगल र एप्पलसँग मेल खाने स्पिच रेकग्निसन सिस्टम बनाउनु गाह्रो काम थियो। तर एमेजनले हाल इको र एलेक्जासहित उत्कृष्ट भ्वाइस कन्ट्रोल सहि माथि आएको छ।
एमेजनका दुई सफल असफलता
डब्ड एमेजन अक्सनस्, यो विशेषगरी प्रतिद्वन्दि इ–बेसँग प्रतिस्पर्धा गर्न बनाइएको थियो। केही सुधारका बाबजुत, यसले सो क्षेत्रका तत्कालिन उद्योगहरुसँग प्रतिस्पर्धा गर्न सकेन। अवश्यपनि यसले धेरै बिक्रीकर्ता र खरिदकर्ताहरुलाई आकर्षित गर्यो तर बेजोस आफैले भने कि ‘यसले राम्रोसँग काम गरेन’।
यसको असफलताको लागि धेरै कुराहरुले असर गर्यो, तर सबैले समर्थन गर्ने एउटा कुरा यो हो कि एमेजनमा मूल्य बिड गर्न ग्राहकहरु असहज मान्थे। उनीहरुले ईबेभन्दा फरक फिक्सड प्राइस अपेक्षा गरे, जहाँ फरक मानसिकताका साथ आउँछन्। एमेजन ग्राहकहरुका लागि मूल्य निश्चितताको चाहना महत्वपूर्ण थियो।
त्यसैले, एमेजनले त्यो लिलामी ढाँचालाई त्यागे र जीसप्स नामक अर्को परीक्षण शुरु गरे जुन उनको दोस्रो सफल असफलता थियो।
जीसप्समार्फत तेस्रो पक्ष बिक्रीकर्ताले एमेजनको साइटमा एक छुट्टै लग–इन र सर्च इञ्जिनको साथ एक अद्वितीय अवतरण पृष्ठ प्रयोग गरेर उनीहरुको उत्पादनहरु सूचीबद्ध गर्न सक्दछन्। यो एमेजनभन्दा छुट्टैछ र एमेजनलाई थोरै कमिशन तिर्ने गथ्र्यो। फेरी, ग्राहकहरुले थप कदम मन परेन र एमेजनले त्यो बन्द गर्नु पर्यो। तर, तेस्रो पक्ष बिक्रेताको सोच कायम रह्यो र बिलियन डलर व्यवसाय एमेजन बजारमा फस्टायो।
ठूला विचारहरुमा बेजोस थोरै लगानी गर्थे
बेजोसले जब एमेजन शुरु गरेका थिए त्यो बेला बाधाहरु कम थिए। अप्ठ्याराहरुका बाबजुत, सम्भावना निकै ठूलो थियो, त्यसैले उनले बाजी हाले। यद्यपि, बेजोस त्यसमा पुरै गएनन्, त्यसको सट्टा उनले सानोबाट शुरु गरे।
उनले फ्रि सिपिङ्गमा पनि त्यस्तै गरे। एमेजनले २५ डलरभन्दा माथिका अर्डरहरुमा निःशुल्क सुपर सेभर सिपिङ्गको परीक्षण गरे। जब परीक्षण सफलभ भयो, उनीहरुले एमेजन प्राइमसँग ठूलो दाउ खेले। जति त्यो आईडियाले फाइदा दियो, बेजोसले झन् धेरै लगानी गर्न थाले जस्तै, स्ट्रिीमिङ्ग भिडियोहरु थप्ने र समयसँगै अन्य सुविधाहरु।