१० दिनको होटल क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने ,जापान सहित ६ देशमा हवाई उडान खुल्ने

Jun 17, 2021 11:45 AM merolagani



वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै १० दिनको होटल क्वारेन्टिन खर्च व्यहोर्ने भएको छ ।

कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टिन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बेलुका बसेको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान खुलाउने समेत निर्णय भएको छ ।

जसमा हवाई उडान खुले पनि सातामा दुई हजार जना यात्रु भन्दा बढी नहुने गरी हवाई उडान सञ्चालन हुने बताइएको छ ।

खासगरी वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने भएको हो । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

असारको दोस्रो साताबाट लागू हुँने गरी यो निर्णय भएको हो । यो सगै असार आठ गतेबाट निषेधाज्ञालाई खुकुलो गरिने भएको छ । 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।