१० दिनको होटल क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने ,जापान सहित ६ देशमा हवाई उडान खुल्ने

Jun 17, 2021 11:45 AM merolagani



वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै १० दिनको होटल क्वारेन्टिन खर्च व्यहोर्ने भएको छ ।

कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टिन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बेलुका बसेको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान खुलाउने समेत निर्णय भएको छ ।

जसमा हवाई उडान खुले पनि सातामा दुई हजार जना यात्रु भन्दा बढी नहुने गरी हवाई उडान सञ्चालन हुने बताइएको छ ।

खासगरी वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने भएको हो । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

असारको दोस्रो साताबाट लागू हुँने गरी यो निर्णय भएको हो । यो सगै असार आठ गतेबाट निषेधाज्ञालाई खुकुलो गरिने भएको छ । 




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।