सूर्या लाइफ इन्स्योरेन्सको शेयर संरचना परिमार्जन

Jun 17, 2021 03:33 PM Merolagani



सूर्या लाइफ इन्स्योरेन्स (SLICL) काे शेयर संरचना परिमार्जन भएको छ । कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

कम्पनीको २२ लाख ६२ हजार ८९४.५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । यो संगै कम्पनीको शेयर स्वामित्व संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम भएको छ ।

कम्पनीको गत माघ ५ गते सम्मपन्न १२ औं वार्षिक साधरण सभाले शेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको थियो ।

यस अघि कम्पनीमा संस्थापक समुहको ७० प्रतिशत र सर्वसाधरण समुहको ३० प्रतिशत शेयर स्वामीत्व रहेको थियो ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।