सूर्या लाइफ इन्स्योरेन्सको शेयर संरचना परिमार्जन

Jun 17, 2021 03:33 PM Merolagani



सूर्या लाइफ इन्स्योरेन्स (SLICL) काे शेयर संरचना परिमार्जन भएको छ । कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

कम्पनीको २२ लाख ६२ हजार ८९४.५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । यो संगै कम्पनीको शेयर स्वामित्व संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम भएको छ ।

कम्पनीको गत माघ ५ गते सम्मपन्न १२ औं वार्षिक साधरण सभाले शेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको थियो ।

यस अघि कम्पनीमा संस्थापक समुहको ७० प्रतिशत र सर्वसाधरण समुहको ३० प्रतिशत शेयर स्वामीत्व रहेको थियो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।