असार लागेदेखि लगातार घट्दै सुनको भाउ, प्रतितोला ९० हजारमा झर्यो

Jun 18, 2021 11:30 AM Merolagani



असार लागेदेखि सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ। असार लागेपछि नै सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा ६० रुपैयाँले घटेको छ।

विहिबार तोलामै १ हजार १०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार पनि तोलामा एक हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा ३५ रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद बिक्री भएको थियो।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।