असार लागेदेखि लगातार घट्दै सुनको भाउ, प्रतितोला ९० हजारमा झर्यो

Jun 18, 2021 11:30 AM Merolagani



असार लागेदेखि सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ। असार लागेपछि नै सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा ६० रुपैयाँले घटेको छ।

विहिबार तोलामै १ हजार १०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार पनि तोलामा एक हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा ३५ रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद बिक्री भएको थियो।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।