मर्जर तथा एक्वीजिशन सम्बन्धी विशेष प्रस्ताव सहित कर्पोरेट डेभलपमेण्टले साधारण सभा बोलायो

Jun 18, 2021 12:07 PM Merolagani



कर्पोरेट डेभलपमेण्ट बैंक (CORBL) ले तेह्रौं वार्षिक साधारण सभा बोलाएको छ। बैंककाे सञ्चालक समितिको असार १ गते बसेको बैठकले असार २५ गते बिहान ७ः३५ बजे बैंकको प्रधान कार्यालय, आदर्शनगर, वीरगंजमा वार्षिक साधारण सभा बोलाएको हो।

बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहहरु एक आपसमा गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धमा बैंकको चल अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गर्ने मान्यता प्राप्त मूल्यांकनकर्ता लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने र गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी समझदारीपत्र तर्जुमा गर्ने र त्यस सम्बन्धी सम्पूर्ण आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको छ।

बैंकले अर्को प्रदेशमा परेको कार्यक्षेत्र मकवानपुर र काभ्रेपलाञ्चोक जिल्ला हटाएर पर्सा, बारा, रौतहट, सर्लाहि र महोत्तरी कायम गर्ने सम्बन्धमा पनि प्रस्ताव पारित गर्नेछ।

यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावलीमा पारित गरिएको संशोधन प्रस्तावमा नियमनकारी नियकाबाट आएको निर्देशन अनुसार परिमार्जन गर्ने सञ्चालक समितिले तोकेको पधाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने तयारी समेत गरेको छ।

बैंकले साधारण सभा प्रयोजनको लागि असार ४ गते बुकक्लोज गर्ने जनाएको छ। त्यस अनुसार असार ३ गतेसम्म कायम शेयरधनी मात्रै बैंकको साधारण सभामा सहभागि हुन सक्नेछन्।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।