बुधबार सुन र चाँदी दुबैको मूल्य घट्यो

Jun 23, 2021 12:03 PM Merolagani



बुधबार सुन र चाँदी दुबैको मूल्य सामान्य घटेको छ। यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार र तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।