आरबिबि मर्चेन्ट बैंकिङ्गले असार २३ गतेदेखि म्युचुअल फण्ड निष्काशन गर्ने

Jun 28, 2021 08:11 AM Merolagani



आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। आरबिबि मर्चेन्ट बैंकिङ्गले आरबिबि म्युचुअल फण्ड १ निष्काशनमा ल्याउन लागेको हो।

#C67# सो फण्डको इकाईका लागि असार २३ गतेदेखि आवेदन दिन सकिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई र २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा साउन ६ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

सात वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

आरबिबि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।