एनआईसी एशिया सेलेक्ट ३० को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

Jun 28, 2021 08:57 AM Merolagani



एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) को इकाईका लािग आवेदन दिने आज (असार १४ गते) अन्तिम दिन हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

सात वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।