चिठ्ठा परेको भन्दै ठगि गर्ने बढेपछि बैंकर्स संघले बैंकहरूकाे ग्राहकलाई सजग गरायाे

Jun 30, 2021 03:46 PM Merolagani



चिठ्ठा परेको भन्दै ठगि गर्ने बढेपछि नेपाल बैंकर्स संघले सजग भएर डिजिटल बैंकिङ्ग प्रयोग गर्न आग्रह गरेको छ।

अहिले विभिन्न सामाजिक सञ्जाल मार्फत् अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चिठ्ठा परेको र रकम पठाउनका लागी खाता/व्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नं, मोबाईल नं, पासवर्ड प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको बैंकर्स संघले जनाएको छ। यसै कारण सजक रही आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न हुन संघले आग्रह गरेको छ।

साथै, त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्नु गर्न समेत संघले आग्रह गर्दै सजकताका साथ डिजिटल बैंकिङ्ग मार्फत् सुरक्षित कारोबार गर्न अनुरोध गरेको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।