बेजोस दुई प्रकारका निर्णय गरी यसलाई हल गर्थे
पहिलोः ठूला परिणामहरु सहितको एकतर्फि ढोका जहाँबाट फर्किने कुनै सम्भावना छैन (जस्तै, जागिर छोड्नु, कम्पनी बिक्री गर्नु)
दोस्रोः कम परिणाम सहितको दुईतर्फि ढोका जहाँ केही कुराहरु मिलाउन सकिन्छ (जस्तै, साइड विजनेस शुरु गर्ने, नयाँ प्रडक्ट लन्च गर्ने)
बेजोस मान्दछन् कि अधिकांश असफलता घातक हुँदैनन् र अधिकांश निर्णय अपरिवर्तनीय हुँदैनन्। उनी भन्छन्, ‘हामीलाई सबै जवाफ थाहा छैन, तर यहाँ केही सोचहरु छन्। अधिकांश निर्णयहरु परिवर्तन गर्न सकिने दुई तर्फि हुन्छन्। ती निर्णयहरुको हल्का प्रक्रिया हुन्छन्। त्यसको लागि, तपाई गल्ती भएमा के हुन्छ?’
बेजोस पर्याप्त सूचनापछि मात्र निर्णय गर्थे
अधिकांश निर्णयहरु सम्भवतः तपाईले आफुले चाहेको ७० प्रतिशत सुचना प्राप्त गरिसकेपछि लिनु पर्ने हुन्छ। यदि तपाई ९० प्रतिशतलाई पर्खेर बस्नुभयो भने, अधिकांश अवस्थामा तपाई ढिलो हुनुहुनेछ। त्यसका साथै, तपाई एकैपटकमा नराम्रा निर्णयहरुको छिटो पहिचान गर्ने र त्यसलाई सच्याउनेमा पनि राम्रो हुनुपर्छ। यदि तपाई सच्याउनमा राम्रो हुनुहुन्छ भने, गलत हुने तपाईले सोच्नुभएकोभन्दा कम जोखिमपूर्ण हुनसक्छ, जबकि सुस्त हुनु अवश्य पनि महंगो पर्नसक्छ।
बेजोस सम्झौताभन्दा पनि प्रतिबद्धता चाहन्थे
सिक्स पेज न्यारेटिभ एमेजनको गति सुस्त गर्ने तरिका
एमेजनमा पहिलो प्रकारको निर्णय उडान भर्नका लागि लिइँदैन। सिक्स पेज न्यारेटिभ प्रक्रियाले यो सुनिश्चित गर्छ कि विचारको परीक्षण र अतिरिक्त संसाधनका लागि जानुभन्दा अघि सबैलाई एकदम राम्रो तरिकासँग सूचित छन्। यो न्यारेटिभले लेखकलाई ति विषयवस्तुसँग जान र आफ्नो आइडियालाई कथाको ढाँचामा प्रस्तुत गर्न बाध्य बनाउँछ जसले मिटिङ्गमा भएका पाठकलाई संलग्न गराउँछ।
यदि न्यारेटिभ राम्रो भएन भने, त्यो लेखकको उच्च स्ट्याण्डर्ड चिन्ने क्षमता नभएको हैन। तर यसको सट्टा स्कोपमा गलत आशा हो। उनीहरुले गल्तीले यो हाइ स्ट्याण्डर्ड सिक्स पेज न्यारेटिभ एक वा दुई दिनमा लेख्न सकिन्छ जबकी यसलाई तयार गर्न एक हप्ता वा सोभन्दा बढी लाग्न सक्छ। महान मेमोहरु लेखिन्छन् र पुनः लेखिन्छन्, यसलाई साथीहरु शेयर गरिन्छ जसले सुधारको सल्लाह दिन्छ, केही दिनका लागि साइडमा राख्छ र ताजा दिमागले पुनः त्यसलाई सम्पादन गर्दछ।
हरेक मिटिङ्ग ३० मिनेटको मौन अवधिपछि शुरु हुन्छ जहाँ सबैले मेमोलाई राम्रोसँग पढ्छन्। त्यसपछि सबै सहभागिहरुलाई आफ्नो प्रतिक्रिया दिन लगाइन्छ–उच्च पदाधिकारीहरु प्रायः अन्तिममा बोल्छन्–त्यसपछि के छुटेका छन् त्यस विषयमा चर्चा गर्छन्, सम्भावित प्रश्नहरु सोध्छन्, र उठ्न सक्ने सम्भावित मुद्दाहरुको भित्रि तहसम्म जाने प्रयास गरिन्छ।
सिक्स पेज न्यारेटिभ सिक्न
१) प्रेश रिलिज लेख्ने
२) एफएक्यू लेख्ने
३) कसरी काम गर्छ व्याख्या गर्ने
४) म्यानुअल (कसरी काम गर्छ निर्देशन) लेख्ने
५) यी प्रश्नहरुको उत्तर खोज्ने
क) ग्राहक को हो?
ख) ग्राहक समस्या वा अवसर के हुन्?
ग) सबैभन्दा महत्वपूर्ण ग्राहक फाइदा के हो?
घ) ग्राहकलाई के चाहिन्छ कसरी थाहा पाउने?
ङ) ग्राहकले कसरी प्रतिक्रिया जनाउछ? अनुमान गर्ने
बेजोस जटिलतालाई सरल बनाउथे
‘फस्ट्रेशन फ्रि प्याकिङ्ग’ यो आइडिया एमेजनका लागि हो जुन एमेजनमा बिक्री हुने ‘एमेजन अन्लि’ उत्पादनहरु सिर्जना बनाउन प्रयोग गरिन्छ। प्याकिङ्ग खोल्न सजिलो र पुनः प्रयोग गर्न सकिने हुनुपर्छ।
बेजोस एमेजनको स्वामित्वलाई बढावा दिन्थे, चाहे त्यो कर्मचारी होस्, शेयरधनी होस् या पार्टनर
बेजोसलाई थाहा छ कि अधिकांश लगानीकर्ताहरु अल्पकालिन हुन्छन्, जसले शेयर भाडामा लिएको जस्तो गरी आफ्नो पोर्टफोलियो छिटो परिवर्तन गर्छन्। उनी त्यस्ता लगानीकर्ता खोज्थे जो स्वामित्व मनस्थितिको होस्। जब कसैले केही कुराको स्वामित्व ग्रहण गरेजस्तो सोच्छ, त्यसपछि उनीहरुले आफ्नै जस्तो सोच्छ र त्यसलाई फरक तरिकाले सोच्छ। सन् २००२ मा बेजोसले आफ्ना लगानीकर्ताहरुका लागि एक शब्द प्रयोग गरेका थिए, ‘शेयरओनर’।
एमेजनले राम्रा र प्रतिभावान कर्मचारीहरुको भर्ति गर्न र कायम राख्ने कार्यलाई जारी राख्यो र उनीहरुको क्षतिपूर्तिका लागि नगद भन्दा स्टकको विकल्प दिन्थे।
स्वामित्व बढावा गर्ने एमेजनको तरिका
१) मानिसहरुलाई स्वामिको रुपमा सम्बोधन गर्नुहोस्
२) कर्मचारीलाई कम्पनीमा स्टक दिने
३) पहिलो र दोस्रो प्रकारको निर्णय लिन सिकाउने
४) आविष्कार र परिवर्तन गर्न अवसर सिर्जना गर्ने
५) नेतृत्वलाई प्रोत्साहन गर्ने
६) ‘अप–आउट’ लाई अवसर दिनु
७) असहमत र प्रतिबद्ध अभ्यास गर्नुहोस्