माउन्टेन इनर्जी नेपाल लिमिटेडको कम्पनी विश्लेषण

Jul 10, 2021 06:42 PM Merolagani



पछिल्लो समय दोस्रो बजारका लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुमा बेग्लै आकर्षण रहेको देख्न सकिन्छ। ठूला होस् वा साना लगानीकर्ता, जलविद्युत कम्पनीहरुको शेयरमा खेल्ने अहिले ट्रेण्ड बनेको छ।

यद्यपि यस साता सो उपसमूहको परिसूचक सर्वाधिक ३.९५ प्रतिशत घटेको छ। सोही उपसमूहमध्येको एक कम्पनीको हो, माउन्टेन इनर्जी नेपाल लिमिटेड।

यस साता कम्पनीको शेयरमूल्य २० रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन ८३५ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साता ८५५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी दिन कम्पनीको शेयरमूल्य उकालो लागेमा ९५० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, कम्पनीको शेयरमूल्य ओरालो लागेमा ७५० रुपैयाँमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन कम्पनीको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लाग्न खोजेको देखिन्छ। यसले कम्पनीको शेयरमा बाइङ्ग मोमेन्टम बढ्न थालेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ जसले खरिदचाप बढी रहेको संकेत गर्दछ।

शेयरमूल्य बढेपनि यस साता कम्पनीको भोल्यूम भने घटेको छ। यस साता कम्पनीको दैनिक औषतमा ८ हजार ३८१ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै कम्पनीको २० दिने औषत भोल्युम २१ हजार ४८४ कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्युम ६१.२८ प्रतिशत कम हो।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ९९ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ५ करोड १४ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सो अवधिसम्ममा कम्पनीले ९ करोड ४३ लाख ९ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ भने ६ करोड ७८ लाख ५२ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

१ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३४ करोड ४४ लाख १६ हजार रुपैयाँ सञ्चित छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३९ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात २५२.२१ गुणा रहेको छ। कम्पनीको बुकभ्यालु ११७ रुपैयाँ ५० पैसा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ७.२८ गुणा रहेको छ। कम्पनीको आरओई २.८८ प्रतिशत रहेको छ।

यस साताको अन्तिम कारोबार दिन कम्पनीको आरएसआई ५०.९० स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा कम्पनीको शेयर बुलिश प्रवृत्तिमा रहेको देखिन्छ।

हाल नेप्सेमा कम्पनीको १ करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ८५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण १६ अर्ब ८२ करोड ६६ लाख ३० हजार ८५० रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ९७४ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३७३ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ७१८ रुपैयाँ ४७ पैसा रहेको छ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।