मनकामना स्मार्ट लघुवित्तको आईपीओ रिजल्ट सार्वजनिक, यसरी हर्नुहोस् रिजल्ट

Jul 12, 2021 01:35 PM Merolagani



मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओको रिजल्ट सार्वजनिक भएको छ। विहान ९ः३० बजे बाँडफाँट भएको लघुवित्तको आईपीओ रिजल्ट सार्वजनिक भएको हो।

सर्वसाधारणले मेरो शेयर, र बिक्री प्रबन्धकको वेबसाइटमा गएर आईपीओको रिजल्ट हेर्न सकिनेछ।

लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ७५३ आवेदकको ३७ हजार ९२० कित्ताका लागि दिइएको आवेदन रद्द भएको छ ।

आवेदनभन्दा बढी माग परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट गरिएको हो। जसअनुसार ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।