मनकामना स्मार्ट लघुवित्तको आईपीओ रिजल्ट सार्वजनिक, यसरी हर्नुहोस् रिजल्ट

Jul 12, 2021 01:35 PM Merolagani



मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओको रिजल्ट सार्वजनिक भएको छ। विहान ९ः३० बजे बाँडफाँट भएको लघुवित्तको आईपीओ रिजल्ट सार्वजनिक भएको हो।

सर्वसाधारणले मेरो शेयर, र बिक्री प्रबन्धकको वेबसाइटमा गएर आईपीओको रिजल्ट हेर्न सकिनेछ।

लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ७५३ आवेदकको ३७ हजार ९२० कित्ताका लागि दिइएको आवेदन रद्द भएको छ ।

आवेदनभन्दा बढी माग परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट गरिएको हो। जसअनुसार ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।