कांग्रेसबाट बालकृष्ण खाँड र ज्ञानेन्द्र बहादुर कार्की मन्त्री बन्ने

Jul 13, 2021 06:18 PM Merolagani



शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँड र ज्ञानेन्द्र बहादुर कार्की मन्त्री बन्ने भएका छन् ।

नेपाली कांग्रेसबाट पहिलो चरणमा गृहमन्त्री बालकृष्ण खाँड र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बन्ने भएका हुन । मंगलबार देउवाको नेतृत्वमा ५ सदस्यीय सानो आकारको मन्त्रीमण्डल हुने भएको छ ।

त्यस्तै जसपाले आज मन्त्रीको नाम नपठाउने भएको छ । नवनियुक्त प्रधानमन्त्री देउवा तथा मन्त्री साँझ ६ बजे सपथ लिने कार्यक्रम तय भएको छ ।