लक्ष्मी बैंकको १३२ औँ शाखा सिराहाको मिर्चैयामा

Jul 14, 2021 03:38 PM Merolagani



लक्ष्मीबैंकको १३२ औँ शाखा सिराहाको मिर्चैयामा सञ्चालनमा आएको छ ।

बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३२ औँ शाखा सिराहा जिल्लाको मिर्चैयानगरपालिका, वडा न. ६ स्थित कटारी चोकमा संचालनमा ल्याएकोे हो ।

यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै सानातथा लघु व्यवसायीहरु माझ वित्तीयपहुँच पु¥याउने लक्ष्य राखेको छ । 

नयाँशाखाको साथलक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३२शाखा, ६एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६१एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६१शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यो शाखाको साथलक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको
छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नया तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवाविस्तार गर्दैआएको छ ।