बिहिबार सुनको भाउ बढ्यो, चाँदीको पनि उकालो लाग्याे

Jul 15, 2021 11:40 AM merolagani



बिहीबार सुन र चाँदीको भाउ सामान्य बढेको छ । यस दिन सुनको भाउ तोलामा ५०० रूपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै बिहिबार चाँदीको भाउ पनि सामान्य बढेका छ । जसमा महासंघले चाँदीको भाउ प्रतितोला १ हजार ३२० रुपैयाँ तोकेको छ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा खरिद बिक्री भएको थियो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।