६ महिनाभित्र पूर्णरुपमा एमडिएमएस लागु गर्ने प्राधिकरणको तयारी, मुख्य काम अझै बाँकी

Jul 19, 2021 12:04 PM merolagani

साउन एक गतेबाट आंशिक लागु भएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) आगामी छ महिना भित्र पूर्णरुपमा कार्यान्वयनमा आउने भएको छ ।

पहिलो चरणमा अवैध मोबाइल आयातलाई रोक्नेगरी कार्यान्वयनमा आएको यो प्रणाली मंसिरभित्र देशमा सञ्चालित अवैध र वैध मोबाइलको नियमन गर्ने गरी काम अघि बढेको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

साउन १ देखि लागु भएको एमडिएमएसले मोबाइल व्यवसायी उत्साहित भएका छन भने नेपाल भित्रने सबै प्रकारका मोबाइल सेट नियमनको दायरामा आउने भएका छन् ।

प्राधिकरणका अनुसार साउन यता नेपाल भित्रिएका मोबाइल दर्ता नभए चल्न पाउने छैनन् ।

मोबाइल दर्ता प्रक्रियाको नियमनका लागी सफ्टवेयर जडान र अन्य प्राविधिक काम बाँकी नै रहेकाले ६ महिनाको समय लिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जनकारी दिए ।

केहिदिन अघि मोबाइल दर्ता नभए नचल्ने अफवाह पनि फैलिएको थियो । उक्त चर्चाका कारण मोबाइल प्रयोगकर्ता प्राधिकरणको इआईआर प्रणालीमा धमाधम मोबाइल आइएमईआई दर्ता गराउन लागेका थिए । प्राधिकरणले एमडिएमएस लागु हुनुभन्दा अघि नेपाल भित्रिएको मोबाइल चल्ने जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता पौडेलले एमडीएमएसको लागु साउन १ देखि नै सुरु गरेपनि सिस्टमका लागी आवश्यक पुर्वाधार जुटिनसकेकाले केही समय लाग्ने बताए ।

‘हामीले चरणवद्ध रुपमा यसको लागु गर्दै जानेछौं,’ पौडेलले भने ‘प्राधिकरणकै विनियामावलीले कार्यान्वयन गरेको ६ महिना भित्र लागु गरिसक्नुपर्ने प्रावधान राखेको छ।’ 

६ महिनाको अवधिमा भन्सार, सेवाप्रदायक, दूरसञ्चार र एमडिएमएसमा सिस्टमलाई लिङ्क गर्ने काम पुरा हुने छ भने विदेशबाट आएका मोबाइलहरुलाई पनि दर्ता प्रणालीमा ल्याउने प्राधिकरणको योजना छ ।

हाल एमडिएमएस लागु भएकाे भनेपनि फितलो कार्यान्वयन भएको छ ।

एमडिएमएस लागुपछि प्राधिकरणले मोबाइल व्यवसायीसँग पनि छलफल गरेको थियो । जसमा व्यवसायी ढिलो चाडो भएपनि एमडिएमएस लागु भएको र मोबाइलको व्यापार बढ्ने अपेक्षा रोखको प्राधिरकणका प्रवक्ता पौडेलको भनाई छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीले भने साउनदेखि एमडिएमएस कार्यान्वयनमा आएको औपचारिक घोषणा मात्रै भएको तर, अझै ६० प्रतिशत काम बाँकी नै रहेको जानकारी दिए ।

एमडिएमएस राख्ने ठाउँमा सिस्टम राखिएपनि त्यसलाई निकाय निकायबीच प्रणाली लिङक गनै समय लाग्ने ती अधिकारीको भनाई छ ।

प्रणाली व्यवस्थापनमा ढिलाइ भएपनि नेपालका मोबाइल प्रयोगकर्ता औपचारिक रुपमा नियमन हुने भएका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।