कुमारी बैंकबाट बिदा भए सिईओ भण्डारी

Jul 18, 2021 02:44 PM Merolagani



कुमारी बैंक लिमिटेड(KBL) ले प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले असार ३१ गतेबाट ४ वर्षको सफल कार्यकाल समापन गरी आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिएका छन्।

बैंकको सञ्चालक समितिको बैठकको निर्णयानुसार वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका अनुज मणि तिमिल्सिनालाई साउन १ गतेदेखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।

३५ वर्षको लामो बैंकिंङ्ग करियर लगायत विभिन्न बैंकका सिईओको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल भण्डारीको कार्यकाल सुखद् र अत्यन्तै सफलदायी रहेको बैंकले जनाएको छ।

भण्डारीको कार्यकालमा बैंकले प्रशंसनीय स्तरोन्नति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको बैंकले जनाएकाे छ। बैंकले यही कार्यकालमा ७ विभिन्न वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निकै फराकिलो पारेको थियो।

बैंकको सञ्चालक समितिको बैठकमा भण्डारीले आफ्नो परिवार तथा समाज प्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट विदा लिन चाहेको जानकारी गराउंदै नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना पनि दिएका छन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।