कुमारी बैंकबाट बिदा भए सिईओ भण्डारी

Jul 18, 2021 02:44 PM Merolagani



कुमारी बैंक लिमिटेड(KBL) ले प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले असार ३१ गतेबाट ४ वर्षको सफल कार्यकाल समापन गरी आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिएका छन्।

बैंकको सञ्चालक समितिको बैठकको निर्णयानुसार वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका अनुज मणि तिमिल्सिनालाई साउन १ गतेदेखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।

३५ वर्षको लामो बैंकिंङ्ग करियर लगायत विभिन्न बैंकका सिईओको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल भण्डारीको कार्यकाल सुखद् र अत्यन्तै सफलदायी रहेको बैंकले जनाएको छ।

भण्डारीको कार्यकालमा बैंकले प्रशंसनीय स्तरोन्नति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको बैंकले जनाएकाे छ। बैंकले यही कार्यकालमा ७ विभिन्न वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निकै फराकिलो पारेको थियो।

बैंकको सञ्चालक समितिको बैठकमा भण्डारीले आफ्नो परिवार तथा समाज प्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट विदा लिन चाहेको जानकारी गराउंदै नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना पनि दिएका छन्।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।