२०० सेग्मेन्टमा प्रतिस्पर्धा गर्न नेपाली बजारमा थपियो होन्डा हर्नेट २.०, कति पर्छ मूल्य ?

Jul 18, 2021 04:56 PM merolagani



परिमार्जित डिजाइन र लुक्ससहित नेपाली बजारमा होन्डा हर्नेट २.० भित्रिएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सो बाइक ल्याएको हो ।

हाल आधिकारिक रुपमा बिक्री सुरु भइसकेको छैन । कम्पनीका अनुसार केही दिन भित्रै यो बाइकको बिक्री सुरु हुने छ । होन्डा हर्नेट २.० मा १८४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड एफआई बीएस ६ इन्जिन रहेको छ ।

यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ ।
१२ लिटर क्षमताको इन्धन ट्याङक रहेको यसमा ५ स्पिडको गियर बक्स जडान गरिएको छ । त्यस्तै हर्नेट २.० मा अल डिजिटल कन्सोल दिइएको छ ।

निक्कै आकर्षक डिजाइनमा रहेको हर्नेट २.० मा १७ इन्चको अलोय ह्वील रहेको छ ।
होन्डाले हर्नेट २.० लाई प्रिमियम बनाउन यूएसडी फर्क,अल डिजिटल ब्लु व्यकलिट इन्स्टुमेन्ट कन्सोल दिएको छ ।

यसमा डिजिटल कन्सोलमा व्याट्री भल्ट मिटरसमेत रहेको छ । यस्तै डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्ड कलर अपसाइड डाउन फर्क,मोनोशक सस्पेन्सन,सिल्ड चेन,एलइडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता नयाँ बिशेषता रहेका छन् ।

होन्डा हर्नेछ २.०ले २०० सीसीका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने छ । कम्पनीले आधिकारीक रुपमा होन्डा हर्नेट २.० को मूल्य घोषणा नगरेपनि यो बाइकको मुल्य ४ लाख ६० हजार मूल्य तोकिएको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।