२०० सेग्मेन्टमा प्रतिस्पर्धा गर्न नेपाली बजारमा थपियो होन्डा हर्नेट २.०, कति पर्छ मूल्य ?

Jul 18, 2021 04:56 PM merolagani

परिमार्जित डिजाइन र लुक्ससहित नेपाली बजारमा होन्डा हर्नेट २.० भित्रिएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सो बाइक ल्याएको हो ।

हाल आधिकारिक रुपमा बिक्री सुरु भइसकेको छैन । कम्पनीका अनुसार केही दिन भित्रै यो बाइकको बिक्री सुरु हुने छ । होन्डा हर्नेट २.० मा १८४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड एफआई बीएस ६ इन्जिन रहेको छ ।

यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ ।
१२ लिटर क्षमताको इन्धन ट्याङक रहेको यसमा ५ स्पिडको गियर बक्स जडान गरिएको छ । त्यस्तै हर्नेट २.० मा अल डिजिटल कन्सोल दिइएको छ ।

निक्कै आकर्षक डिजाइनमा रहेको हर्नेट २.० मा १७ इन्चको अलोय ह्वील रहेको छ ।
होन्डाले हर्नेट २.० लाई प्रिमियम बनाउन यूएसडी फर्क,अल डिजिटल ब्लु व्यकलिट इन्स्टुमेन्ट कन्सोल दिएको छ ।

यसमा डिजिटल कन्सोलमा व्याट्री भल्ट मिटरसमेत रहेको छ । यस्तै डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्ड कलर अपसाइड डाउन फर्क,मोनोशक सस्पेन्सन,सिल्ड चेन,एलइडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता नयाँ बिशेषता रहेका छन् ।

होन्डा हर्नेछ २.०ले २०० सीसीका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने छ । कम्पनीले आधिकारीक रुपमा होन्डा हर्नेट २.० को मूल्य घोषणा नगरेपनि यो बाइकको मुल्य ४ लाख ६० हजार मूल्य तोकिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।