पछिल्लो २४ घण्टामा १८०१ जनामा कोरोना संक्रमण पुष्टि, २३को मृत्यु

Jul 18, 2021 05:46 PM merolagani



पछिल्लो २४ घण्टामा थप १८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६२८ जनामा गरिएको पिसिआर परीक्षणमा १२२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १६६७ जना संक्रमणमुक्त भएका छन् ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।