मेरो शेयरमा लगानीकर्ता पहिचान हुने सुविधा थप्यो, पूँजीगत लाभाकर गणनामा सहज हुने

Jul 18, 2021 06:42 PM Merolagani



केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले मेरो शेयर प्रणालीमा धितोपत्र स्वामित्वको अवधि गणना गर्ने सुविधा थप गरेको छ । सिडिएससीले अल्पकालिन र दीर्घकालिन लगानीकर्ताहरुको पहिचान हुने व्यवस्था मेरो शेयरमा थप गरेको हो ।

चालु आर्थिक वर्षको बजेट मार्फत अल्पकालिन र दीर्घकालिन लगानीकर्ता छुट्टाएर अलग/अलग पूँजीगत लाभकरको व्यवस्था गरेको छ । त्यस अनुसार दीर्घकालिन लगानीकर्ताहरुले लागि ५ प्रतिशत र अल्पकालिन लगानीकर्ताहरुले ७.५ प्रतिशत पूँजीगत लाभाकर भुक्तानी गर्नुपर्नेछ ।

सरकारले आर्थिक अध्यादेश २०७८ मार्फत आयकर ऐन, २०५८ को दफा ९५ (क) मा संशोधन गरी “उपदफा २ को खण्ड (क) मा रहेका “बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको पाँच प्रतिशत” भन्ने शब्दहरूको सट्टा “बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तिन सय पैँसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीन सय पैँसठ्ठी दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलव पाँच प्रतिशत” भन्ने शब्दहरू राखिएकोले सोही अनुसार लाभकर गणना गर्न सहज हुने गरि मेरो शेयरमा यस्तो सुबिधा थप सिडिएससीले जनाएको छ ।


साउन ३ गते साँझ ७ बजेदेखि मेरो शेयरमा उक्त सुबिधा थप गरेको हो । सिडिएससीले मेरो शेयरको एप अपडेट गरी उक्त सेवा प्रयोग गर्न आग्रह गरेको छ ।

 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।