मेरो शेयरमा लगानीकर्ता पहिचान हुने सुविधा थप्यो, पूँजीगत लाभाकर गणनामा सहज हुने

Jul 18, 2021 06:42 PM Merolagani



केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले मेरो शेयर प्रणालीमा धितोपत्र स्वामित्वको अवधि गणना गर्ने सुविधा थप गरेको छ । सिडिएससीले अल्पकालिन र दीर्घकालिन लगानीकर्ताहरुको पहिचान हुने व्यवस्था मेरो शेयरमा थप गरेको हो ।

चालु आर्थिक वर्षको बजेट मार्फत अल्पकालिन र दीर्घकालिन लगानीकर्ता छुट्टाएर अलग/अलग पूँजीगत लाभकरको व्यवस्था गरेको छ । त्यस अनुसार दीर्घकालिन लगानीकर्ताहरुले लागि ५ प्रतिशत र अल्पकालिन लगानीकर्ताहरुले ७.५ प्रतिशत पूँजीगत लाभाकर भुक्तानी गर्नुपर्नेछ ।

सरकारले आर्थिक अध्यादेश २०७८ मार्फत आयकर ऐन, २०५८ को दफा ९५ (क) मा संशोधन गरी “उपदफा २ को खण्ड (क) मा रहेका “बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको पाँच प्रतिशत” भन्ने शब्दहरूको सट्टा “बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तिन सय पैँसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीन सय पैँसठ्ठी दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलव पाँच प्रतिशत” भन्ने शब्दहरू राखिएकोले सोही अनुसार लाभकर गणना गर्न सहज हुने गरि मेरो शेयरमा यस्तो सुबिधा थप सिडिएससीले जनाएको छ ।


साउन ३ गते साँझ ७ बजेदेखि मेरो शेयरमा उक्त सुबिधा थप गरेको हो । सिडिएससीले मेरो शेयरको एप अपडेट गरी उक्त सेवा प्रयोग गर्न आग्रह गरेको छ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।