आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न सन नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा

Jul 19, 2021 09:49 AM Merolagani



सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ।

इन्स्योरेन्सले साउन २५ गते आफ्नो कर्पोरेट कार्यालय, कमलादीमा तेस्रो वार्षिक साधारण सभा डाकेको हो। कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने गरी शेयरधनीहरुलाई मिटिङ्गको आईडि र पासकोड उपलब्ध गराउने इन्स्योरेन्सले बताएको छ।

सो सभामा इन्स्योरेन्सले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।