कृषि तथा पशुपन्छीको बीमाशुल्कमा ५० प्रतिशतमात्रै अनुदान दिन बीमा समितिको निर्देशन

Jul 19, 2021 02:03 PM Merolagani



बीमा समितिले कृषि तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ५० प्रतिशत मात्रै छुट दिन निर्देशन दिएको छ । समितिले चालु आर्थिक वर्षदेखि लागू हुने गरी उक्त निर्देशन दिएको हो ।

समितिले नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को आय व्ययको सार्वजनिक जानकारी वक्तव्यमा उल्लेख भए अनुसार खाद्य भण्डारण गृह, बाली तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ५० प्रतिशत मात्रै अनुदानको व्यवस्था गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

त्यस अनुसार साउन एक गते देखि खाद्य भण्डारण गृह,बाली तथा पशुपन्छीको बीमा गर्ने किसान तथा कृषि व्यवसायिहरुले कुल बीमाशुल्कको ५० प्रतिशत मात्रै छुट पाउनेछन् ।

गत आर्थिक वर्ष सम्ममा सरकारले कृषि तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ७५ प्रतिशत अनुदान प्रदान गर्दै आइरहेको थियो ।

तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेट सर्वजनिक गर्दै कृषि तथा पशुपन्छी बीमामा किसानहरुले पाउदै आइरहेको अनुदान २५ प्रतिशतले घटाएर ५० प्रतिशत मात्रै पाउने घाेषण गरेका थिए ।

 




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।