शैक्षिक संस्था खुलेकै दिन लाइसेन्स आवेदन र ट्रायल परिक्षा खुलाउने निर्णय

Jul 21, 2021 05:49 PM merolagani



यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाका शैक्षिक संस्था स्कुल तथा कलेज सञ्चालनमा आएको दिन लाइसेन्स आवेदन र ट्रायल परिक्षा खुलाउने निष्कर्ष निकालेको छ ।

यस अघि साउन पहिलो सातादेखि खुलाउने तयारी भएको लाइसेन्स आवेदन कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआईसकेको भन्दै प्रशासन र विभागबीच भएको छलफलमा शैक्षिक संस्था खुलेको दिन लाइसेन्स आवेदन पनि खुलाउने निर्णय भएको हो ।

यातायात विभागका निर्देशक एवम प्रवक्ता लोकनाथ भुसालले काठमाडौं उपत्यकाको शैक्षिक सस्था खुलेकै दिन यातायातको ट्रायल परिक्षा र आवेदन खुल्ने बताए ।

‘सेवा यातायातको भएपनि लाइसेन्स आवेदन तथा ट्रायल परिक्षालाई स्कुल कलेज के क्याटागोरीमा राखिएको छ’ उनले भने ‘जसले गर्दा विभाग तथा प्रशासन यो निष्कर्षमा पुगेको र अहिले भने तत्काल नखुल्ने नै भएको छ।’ 

नेपालमा पहिलो चरण कोरोना भाइरस फैलिएको समयमा पनि १० महिना बन्द भएको लाइसेन्स आवदेन स्कुल कलेज लगायतका सबै शैक्षिक संस्था सञ्चालन भएपछि मात्रै सवारी चलाक अनुमति पत्र (लाइसेन्स) खुलेको उनको भनाई छ ।

यो बिषयमा यातायात विभागले खोल्ने/बन्द गर्ने होइन, तर, सरकारलाई सुझाव भने दिन सक्छ । हाल गत बर्षको भन्दा बढी जोखिम रहेको कारण कहिले खुल्छ भन्न नसकिने भुसालकाे टिप्पणी छ ।
खुलेको ४ महिनामा समेत सञ्चालन हुन नसकेको लाइसेन्स आवेदन यो बर्ष दशै तिहारपछि मात्रै खुल्ने संभावना रहेको छ । लाइसेन्स परिक्षा नहुने भएपनि त्रिभुवन विश्वविद्यालयले रोकिएका र हुन बाँकी रहेका परिक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

कोरोनाको कारण बीचमै लाइसेन्स आवेदन र ट्रायल परिक्षा रोकिएका कारण लाखौंको संङ्ख्यामा प्रयोगात्मक परिक्षाको पर्खाइमा छन भने कतिपयको निषेधाज्ञाकै समयमा यातायात भिजिट डेट, ट्रायल मिति तोकिएको थियो । यातायातले दिएको मिति केटेपछि सेवाग्राही अन्योलमा परेका छन ।
ट्रायल परिक्षालाई सरलिकृत गर्ने गरी ल्याइएको अंक प्रणाली पनि गत असारदेखि नै कार्यान्वयनमा आएपनि सेवा बन्दै अवस्थामा रहेकाले औपचारीक रुपमा सुरु हुन सकेको छैन । अर्कोतर्फ यातायात विभागको कमजोरीको कारण स्मार्टकार्ड भित्र्याउन सकेको छैन ।

स्मार्टकार्ड अभावले हाल स्मार्टलाइसेन्स छपाई पूर्णरुपमा बन्द छ भने उपत्यकाको यातायात कार्यालयमा एक बर्षको लागि परिक्षणकालिन लाइसेन्स सेवाग्राहिलाई उपलब्ध गराउन थालिएको छ ।

तर, यातायात क्षेत्रको नियामक निकाय यातायात व्यवस्था विभागमा महानिर्देशकको रुपमा नियुक्त भएका नमराज धिमिरेले सवारी अनुमति पत्र लाइसेन्सका सबै प्रक्रियालाई व्यस्थित गर्न जुटेका छन ।

आंशिकरुपमा यातायात कार्यालयका काम÷कारवाहिलाई समेत अनलाईन प्रविधि मैत्री बनाउँदै आएका छ ।

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।