नेपाल एग्रो लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

Jul 20, 2021 01:28 PM Merolagani



नेपाल एग्रो लघुवित्त वित्तीय संस्था (NAGRO) को बोनस शेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

लघुवित्तको ८० हजार १४२.२६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।