गत आर्थिक वर्षको लाभांश घोषणा सुरु भएसँगै यसकारण बढ्यो म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण

Jul 20, 2021 01:34 PM Merolagani



म्युचुअल फण्डहरुले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गर्न सुरु गरेका छन्। मंगलबार मात्रै लक्ष्मी इक्विटि फण्डले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

लक्ष्मी उन्नति कोषले आकर्षक लाभांश घोषणा गरेसँगै अन्य म्युचुअल फण्डहरुमा समेत लगानीकर्ताको आकर्षण बढेको छ।

म्युचुअल फण्डहरुले शेयर बजारमा लगानी गरेर नै नाफा कमाउने गर्छन । गत आर्थिक वर्ष शेयर बजार बुलिस ट्रेण्डमा रहेकोले पनि म्युचुअल फण्डहरुले आकर्षक नाफा कमाएको धेरैको आँकलन छ।

म्युचुअल फण्डहरुको नाफा बढेको कारण गत वर्षको कमाइबाट समेत आकर्षक लाभांश दिने लगानीकर्ताको अपेक्षा छ। सोहि अनुसार लक्ष्मी उन्नति कोषले आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेसँगै म्युचुअल फण्डहरुमा लगानीकर्ता झुमिएका हुन्।

मंगलबार अधिकाँश म्युभुअल फण्डको इकाइ बढेको छ जसको कारण म्युचुअल फण्ड उपसमूहको सूचक समेत ६ प्रतिशतभन्दा धेरैले बढेको छ।

लक्ष्मी उन्नती कोषले लाभांश घोषणा गरेसँगै लक्ष्मी क्यापिटल अन्तरगत सञ्चालित दुबै म्युचुअल फण्डको इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ। लक्ष्मी उन्नति कोषको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने लक्ष्मी इक्वीटि फण्डको पनि ९ प्रतिशतभन्दा धेरैंले बढेको छ। त्यस्तै ग्लोबल आइएमई क्यापिटलले सञ्चालन गरिरहेको ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाइमूल्य समेत ८ प्रतिशतभन्दा धेरैले बढेको छ।

 




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।