गत आर्थिक वर्षमा बीमा कम्पनीहरूकाे बीमाशुल्क करिब २६ प्रतिशतले बढेर साढे एक खर्ब माथि पुग्यो

Jul 20, 2021 03:31 PM Merolagani



गत आर्थिक वर्ष २०७७/७८ मा बीमा कम्पनीहरुले कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ बीमाशूल्क संकलन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ गरी सो बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

  अघिल्लो आर्थिक वर्षको तुलनामा जीवन बीमा तर्फको बीमाशूल्क २८.७१ प्रतिशत र निर्जीवन बीमातर्फ बीमाशुल्क १५.३५ प्रतिशत बढेको समितिले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुबाट १ खर्ब २० अर्ब ४५ करोड ५८ लाख रुपैयाँ बराबरको बीमा शूल्क आर्जन गरेको थियो । त्यस अनुसार गत आर्थिक वर्षमा कुल बीमाशुल्क भने २५.८ प्रतिशत बढेको हो ।

यस्तै, गत आर्थिक वर्षमा जीवन बीमातर्फ कुल १५ हजार ९६४ बीमालेखको जम्मा २ अर्ब २५ करोड २ लाख र निर्जीवन बीमातर्फ ८६ हजार ४४० बीमालेखको जम्मा २० अर्ब १४ करोड ५१ लाख रुपैयाँ दाबीको भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ ।

गत आर्थिक वर्षमा ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरका ६३ हजार ३३१ वटा बीमालेखहरु व्यतित (सरेन्डर) भएका छन् ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।