पेगासस प्रकरण: भारतका लागि नेपाली राजदूत सहित विभिन्न कुटनीतिज्ञको ‘फोन ट्यापिङ’,को को छन लक्षित व्यक्ति ?

Jul 20, 2021 02:08 PM merolagani

भारतका लागि नेपाली राजदूत सहित अन्य देशका कुटनीतिज्ञको फोन ह्याक भएको छ । विश्वका विभिन्न मुलुकका ५० हजारभन्दा बढीको फोन नम्बरमा अनधिकृत रुपमा प्रवेश गरेको पेगासस स्पाइवेअरले भारतका लागि नेपाली राजदूतसहित विभिन्न देशका कूटनीतिज्ञको फोन पनि ह्याक गरेको तथ्य बाहिर आएको हो ।

इजरायलस्थित गैरसरकारी एनएसओ ग्रुपले निर्माण गरेको जासुसी प्रविधि कम्पनी ‘पेगासस’ मार्फत दिल्लीमा रहेका नेपाली,चिनियाँसहितका कूटनीतिक नियोग प्रमुखहरुको समेत ‘फोन–ट्यापिङ’ भएको सूचना बाहिरीएको छ । याे स्पाइवेअर भारतले पनि खरीद गरेकाे बताइएकाे छ ।

तस्बिर बीबीसी

भारतिय सञ्चार माध्ययमले सार्वजनिक गरेको समाचारमा, दिल्लीस्थित थुप्रै राजदूतहरुले विभिन्न समयमा गरेको संवाद राजनेता, मानवअधिकारकर्मी, सांसद, पत्रकारको फोन नम्बरसहितको सूची ‘पेगासस’मा रहेको छ ।
त्यसैगरी पाकिस्तानी प्रधानमन्त्री इमरान खानका फोन नम्बर, भारतमा विपक्षी दलका नेता, चीन, साउदी, नेपाल सहित विभिन्न देशका राजतुतका सम्पर्क नम्बर पेगाससमा पाइएको छ फ्रेन्च पत्रिकाले लेखेको छ । त्यस्तै भारतीय ४० पत्रकारको समेत फोन ट्यापिङ भएको जनाइएको छ ।

के हो पेगासस ?

पेगासस साइबर सुरक्षासम्बन्धी इजरायली कम्पनी एनएसओले तयार गरेको कम्पनीको रुपमा चिनिन्छ । पेगासस स्पाइवेअर राखिएको स्मार्टफोनको माइक्रोफोन, क्यामेरा, अडियो तथा टेक्स्ट म्यासेज, इमेल र लोकेसनसम्मका जानकारी ह्याकरले प्राप्त गर्न सक्ने विज्ञहरुले बताएका छन् ।

साइबर सुरक्षा कम्पनी कास्परकाईको एक रिपोर्टअनुसार पेगाससले इन्क्रिप्टेड अडियो सुन्न र इन्क्रिप्टेड सन्देश पढ्न सक्ने बनाइदिन्छ ।

इन्क्रिप्टेड सन्देश यस्तो हो जुन पठाउने र प्राप्त गर्नेलाई मात्र जानकारी हुन्छ । सन्देश पठाइएको प्लेटफर्मवाला कम्पनीको समेतमा यसमा पहुँच हुँदैन तर पेगाससमार्फत ह्याक गर्नेले फोनमा रहेका सम्पूर्ण जानकारी हासिल गर्न सक्छन् ।

बीबीसीका अनुसार लक्षित व्यक्ति

तस्बिर बीबीसी 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।