पेगासस प्रकरण: भारतका लागि नेपाली राजदूत सहित विभिन्न कुटनीतिज्ञको ‘फोन ट्यापिङ’,को को छन लक्षित व्यक्ति ?

Jul 20, 2021 02:08 PM merolagani



भारतका लागि नेपाली राजदूत सहित अन्य देशका कुटनीतिज्ञको फोन ह्याक भएको छ । विश्वका विभिन्न मुलुकका ५० हजारभन्दा बढीको फोन नम्बरमा अनधिकृत रुपमा प्रवेश गरेको पेगासस स्पाइवेअरले भारतका लागि नेपाली राजदूतसहित विभिन्न देशका कूटनीतिज्ञको फोन पनि ह्याक गरेको तथ्य बाहिर आएको हो ।

इजरायलस्थित गैरसरकारी एनएसओ ग्रुपले निर्माण गरेको जासुसी प्रविधि कम्पनी ‘पेगासस’ मार्फत दिल्लीमा रहेका नेपाली,चिनियाँसहितका कूटनीतिक नियोग प्रमुखहरुको समेत ‘फोन–ट्यापिङ’ भएको सूचना बाहिरीएको छ । याे स्पाइवेअर भारतले पनि खरीद गरेकाे बताइएकाे छ ।

तस्बिर बीबीसी

भारतिय सञ्चार माध्ययमले सार्वजनिक गरेको समाचारमा, दिल्लीस्थित थुप्रै राजदूतहरुले विभिन्न समयमा गरेको संवाद राजनेता, मानवअधिकारकर्मी, सांसद, पत्रकारको फोन नम्बरसहितको सूची ‘पेगासस’मा रहेको छ ।
त्यसैगरी पाकिस्तानी प्रधानमन्त्री इमरान खानका फोन नम्बर, भारतमा विपक्षी दलका नेता, चीन, साउदी, नेपाल सहित विभिन्न देशका राजतुतका सम्पर्क नम्बर पेगाससमा पाइएको छ फ्रेन्च पत्रिकाले लेखेको छ । त्यस्तै भारतीय ४० पत्रकारको समेत फोन ट्यापिङ भएको जनाइएको छ ।

के हो पेगासस ?

पेगासस साइबर सुरक्षासम्बन्धी इजरायली कम्पनी एनएसओले तयार गरेको कम्पनीको रुपमा चिनिन्छ । पेगासस स्पाइवेअर राखिएको स्मार्टफोनको माइक्रोफोन, क्यामेरा, अडियो तथा टेक्स्ट म्यासेज, इमेल र लोकेसनसम्मका जानकारी ह्याकरले प्राप्त गर्न सक्ने विज्ञहरुले बताएका छन् ।

साइबर सुरक्षा कम्पनी कास्परकाईको एक रिपोर्टअनुसार पेगाससले इन्क्रिप्टेड अडियो सुन्न र इन्क्रिप्टेड सन्देश पढ्न सक्ने बनाइदिन्छ ।

इन्क्रिप्टेड सन्देश यस्तो हो जुन पठाउने र प्राप्त गर्नेलाई मात्र जानकारी हुन्छ । सन्देश पठाइएको प्लेटफर्मवाला कम्पनीको समेतमा यसमा पहुँच हुँदैन तर पेगाससमार्फत ह्याक गर्नेले फोनमा रहेका सम्पूर्ण जानकारी हासिल गर्न सक्छन् ।

बीबीसीका अनुसार लक्षित व्यक्ति

तस्बिर बीबीसी 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।