अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै अपि पावर

Jul 21, 2021 10:18 AM Merolagani



अपि पावर लिमिटेड (API) ले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ।

कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि साउन १३ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

सो शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि कुनै हद तोकिएको छैन।

कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।