अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै अपि पावर

Jul 21, 2021 10:18 AM Merolagani



अपि पावर लिमिटेड (API) ले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ।

कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि साउन १३ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

सो शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि कुनै हद तोकिएको छैन।

कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।