बुधबार सुन र चाँदी दुबैको भाउ घट्यो

Jul 21, 2021 11:04 AM Merolagani



बुधबार सुन र चाँदी दुबैको भाउ घटेको छ। यस दिन सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ५०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार २०० र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, बुधबार चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा खरिद बिक्री भएको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।