यामाहाले बढायो अधिकांश बाइक तथा स्कुटरको मूल्य, कुन मोडलको कति पुग्यो ?

Jul 21, 2021 01:42 PM Merolagani



नेपाली बजारमा यामाहा मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ । नेपालका लागी यामाहा मोटरसाइकलको आधिकारीक वितरक एमएडब्लूले अधिकाश प्रडक्टको मूल्य बढाएको जनाएको हो ।

कम्पनीले यामाहाको मोटरसाइकल तथा स्कुटरमा ९ हजार रुपैयाँ सम्म मूल्य बढाएको छ । खासगरी भारतीय बजारमा मोटरसाइकलको मूल्यमा हेरफेर भएसँगै नेपालमापनि त्यसको प्रभाव देखिएको हो ।
यस अघिनै नेपालमा होन्डा, बजाज, टिभिएस लगाएतका दुई पाँग्रे सवारी साधनको मुल्य बढिसकेको छ । हाल साउन लागे लगतै यामाहाले पनि सबैजसो बाइक तथा स्कुटरको मूल्य बढाएको हो ।

जसमा एसजेड आरआर, एफजेट आर भि टु, एफजेट २५, आरवान ५ भिथ्रि, एफजेट एस भि थ्रिको मूल्य बढेको छ । स्कुटर सेग्मेन्टमा रे जेटआरको दुवै सेग्मेन्ट र फ्यासिनोको मूल्य बढेको छ ।

त्यसैगरी यामाहाले एफजेड भी टु, एमटी १५, आर थ्री, फेजर २५, रेजेड आर स्ट्रीट र्याली ११३, एक्सटीजेड १२५ र एनम्याक्स १५५ स्कुटरको मूल्य यथावत नै राखेको छ ।

कुन कुन मोडलमा बढ्यो मूल्य ?

मोडल                        यस अघिको मूल्य     बढेको मूल्य

एफजेटएस भिथ्रि               ३२९९००              ३३४९००
आर१५ भिथ्रि                    ४७७९००             ४८१९००
एफजेट २५                       ४४२९००             ४४७९००
एफजेट एस भिटु                ३०४९००             ३०८९००
एस जेट आर आर               २३७९००            २४६९००
रेजेटआर १२५ स्ट्रिट र्यालि   २६१९००             २६९९००
रेजेटआर १२५ एफआई २     २५१९००            २५९९००
फ्यासिनो १२५                   २५६९००            २६४९००




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।