धितोपत्र बोर्ड र राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने, गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह

Jul 22, 2021 12:09 PM Merolagani



नेपाल धितोपत्र बोर्ड र राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएका छन्। बोर्ड र संस्थानले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेका हुन्।

नेपाल धितोपत्र बोर्डले बोर्डमा रहेको लगानीयोग्य रकमलाई नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०७६ को अधिनमा रहि ६ महिनाको लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो।

'क' वर्गका वाणिज्य बैंकहरुले सूचना प्रकाशित भएको ७ दिन भित्र अर्थात साउन १३ गतेसम्ममा आफुले दिन सक्ने ब्याजदर सहित शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ।

यस्तै, राष्ट्रिय बीमा संस्थानले पनि वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थानले साउन ७ गतेदेखि ११ गते भित्र संस्थानको प्रधान कार्यालयको वित्त व्यवस्थापन विभागमा प्राप्त हुने गरी गोप्य शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ।

हालै प्रकाशित वित्तीय विवरण संलग्न राखी त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवधिका लागि गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।