बीमाको पहुँच २७ प्रतिशत पुग्यो,कुल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान कति ?

Jul 22, 2021 02:20 PM Merolagani



गत आर्थिक वर्षको अन्त्य सम्ममा बीमाको पहुँच २७.०२ प्रतिशत पुगेको छ । बीमा समितिको तथ्यांक अनुसार बैदेशिक रोजगार(म्यादी बीमा) सहित सो बराबरको जनसंख्यामा बीमाको पहुँच विस्तार भएको हो ।

म्यादी बीमा बाहेक बीमाको पहुँच २४.७६ प्रतिशत रहेको छ । यो अघिल्लो आर्थिक वर्षमा २२.६१ प्रतिशत मात्रै रहेको थियो ।

गत आर्थिक वर्षको असार मसान्त सम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क २७.१२ प्रतिशतले बढेर १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यस्तै निर्जीवन बीमा कम्पनीहरुले पनि ३१ ऋर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२.७४ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कुल १ अर्ब ५२ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

साढे एक खर्ब भन्दा बढीको व्यवसाय रहेको बीमा क्षेत्रले मुलुकको कुल ग्राहस्थ उत्पादनमा ३.५८ प्रतिशत मात्रै योगदान रहेको छ ।

अहिले बीमा क्षेत्रमा १० हजार ७५२ जनाले प्रत्यक्ष रोगजारी पाइरहेका छन् भने करिब ४०० जना सर्भेयर र करिब २ लाख ५० हजार जना बीमा अभिकर्ता रहेको बीमा समितिको तथ्यांक छ ।

हाल १९ जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ३८ अर्ब २१ करोड र २० वटा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको बीमा समितिकाे तथ्यांक छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।