बीमाको पहुँच २७ प्रतिशत पुग्यो,कुल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान कति ?

Jul 22, 2021 02:20 PM Merolagani



गत आर्थिक वर्षको अन्त्य सम्ममा बीमाको पहुँच २७.०२ प्रतिशत पुगेको छ । बीमा समितिको तथ्यांक अनुसार बैदेशिक रोजगार(म्यादी बीमा) सहित सो बराबरको जनसंख्यामा बीमाको पहुँच विस्तार भएको हो ।

म्यादी बीमा बाहेक बीमाको पहुँच २४.७६ प्रतिशत रहेको छ । यो अघिल्लो आर्थिक वर्षमा २२.६१ प्रतिशत मात्रै रहेको थियो ।

गत आर्थिक वर्षको असार मसान्त सम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क २७.१२ प्रतिशतले बढेर १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यस्तै निर्जीवन बीमा कम्पनीहरुले पनि ३१ ऋर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२.७४ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कुल १ अर्ब ५२ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

साढे एक खर्ब भन्दा बढीको व्यवसाय रहेको बीमा क्षेत्रले मुलुकको कुल ग्राहस्थ उत्पादनमा ३.५८ प्रतिशत मात्रै योगदान रहेको छ ।

अहिले बीमा क्षेत्रमा १० हजार ७५२ जनाले प्रत्यक्ष रोगजारी पाइरहेका छन् भने करिब ४०० जना सर्भेयर र करिब २ लाख ५० हजार जना बीमा अभिकर्ता रहेको बीमा समितिको तथ्यांक छ ।

हाल १९ जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ३८ अर्ब २१ करोड र २० वटा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको बीमा समितिकाे तथ्यांक छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।