प्रभु बैंकको संस्थापक शेयर लिलाम बिक्रीमा

Jul 23, 2021 09:24 AM Merolagani



प्रभु बैंक लिमिटेड (PRVU) ले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

बैंकले २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको हो। सो शेयर खरिदका लागि साउन १५ गतेदेखि २९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। बैंकले सो शेयर संस्थापक समूहमा नै रहने गरी लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि ईच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य ईच्छुक व्यक्ति तथा संगठित संस्थाले आवेदन दिन सक्नेछन्।

शेयरको न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १००० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ। बैंकको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।