गत साता ४ प्रतिशत बढेको बजार यस साता के होला?

Jul 25, 2021 06:29 AM Merolagani



गत साता नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। अघिल्लो साता २८८३.३८ विन्दुमा बन्द भएको नेप्से, गत साता १२०.९३ अंक अर्थात ४.१६ प्रतिशत बढेर ३००४.३१ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३१०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा २९०० विन्दुमा टेवा पाउने देखिन्छ।

यद्यपि, हालसम्मको उच्च बन्द विन्दु ३०२५ र उच्च इन्ट्रा डे विन्दु ३०६४ का बीच पनि नेप्सेले प्रतिरोधको सामना गर्ने देखिन्छ। गत साता नेप्सले ३०२५ को अलटाइम हाइ विन्दुको प्रतिरोधलाई परीक्षण गरी ओरालो लागेको थियो।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी बढ्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

पछिल्लो तीन कारोबार दिन नेप्सेमा बनेको मैनबत्तीले लगानीकर्ता अन्योलमा रहेको जस्तो देखिन्छ। यद्यपि, यो बजारले नयाँ उचाइ कायम गर्न बलियो आधार तयार परिरहेको हुनसक्ने विश्लेषकहरु बताउँछन्।

गत साता नेप्सेसँगै भोल्यूममा पनि सुधार भएको छ। गत साता नेप्सेमा दैनिक औषतमा १० अर्ब ६१ करोडको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम ७.२१ अर्ब पुगेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४७.१३ प्रतिशत बढी हो। नेप्सेको वृद्धिलाई भोल्यूमले साथ दिएका कारण लगानीकर्ताहरु उत्साहित छन्।

म्युचुअल फण्ड उपसमूह

गत साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १६.३२ प्रतिशत बढेको छ। अघिल्लो साता १५.७५ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता २.५७ अंक बढेर १८.३२ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २० विन्दुमा प्रतिरोध सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १६ विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमएबीचको दूरी गत साता फराकिलो बन्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

गत साताको चारै कारोबार दिन यस उपसमूहले हरियो मैनबत्ती बनाएको छ। जसले बजारमा बिक्रीकर्ताको तुलनामा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।