सुन आयात पुरानै लयमा फर्कियो, अघिल्लो वर्षको तुलनामा ९२ % आयात बढ्दा राजस्वमा १६० प्रतिशतको वृद्धि

Jul 25, 2021 03:16 PM merolagani



सुन आयात पुरानै लयमा फर्किएको छ। गत वर्ष आयातमा ९२ प्रतिशतको वृद्धि भएसँगै सुन आयात पुरानै लयमा फर्किएको हो।  भन्सार विभागका अनुसार गत वर्ष तीन हजार एक सय ६८ किलो सुन आयात भएको छ। जबकि अघिल्लो वर्ष सुन गत वर्षको तुलनामा आधा पनि आयात हुन सकेको थिएन।

विभागका अनुसार अघिल्लो वर्ष जम्मा सुनको आयात १६ सय ५० किलो मात्रै रहेको थियो। जुन अघिल्लो वर्षको तुलनामा गत वर्षको आयात ९२ प्रतिशत बढी हो।

सुन आयात बढेसँगै सरकारको राजस्व आम्दानीमा समेत उल्लेख्य सुधार भएको छ। गत वर्ष मात्रै २८५.७७ प्रतिशत राजस्व बढेको छ। गत वर्ष २२ अर्ब रुपैयाँको सुन आयत भएको थियो। उक्त रकम बराबरको सुन आयात हुँदा सरकारले राजस्व स्वरूप तीन अर्ब ९९ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ। जबकि अघिल्लो वर्ष नौ अर्ब २८ करोड रुपैयाँको मात्रै सुन आयात हुँदा राजस्व तर्फ उठ्ने रकम एक अर्ब तीन करोड थियो। जुन अघिल्लो वर्षको तुलनामा गत वर्ष आयत रकम १३७.६८ प्रतिशत बढ्दा राजस्वमा २८५.७७ प्रतिशतको वृद्धि देखिएको छ।

गत वर्ष सुनको आयातले पुनः लय समाते पनि आर्थिक वर्ष २०७५/७६को अनुपातमा भने अझै पुग्न सकेको छैन। उक्त वर्षको दाँजोमा गत वर्ष आधा मात्रै सुन आयात भएको छ। आर्थिक वर्ष २०७५/७६ मा सात हजार चार सय ९३ किलो सुन आयात भएको थियो। उक्त वर्ष ३४ अर्ब ६१ करोड रुपैयाँ बाराबरको सुन आयात हुँदा सरकारले तीन अर्ब रुपैयाँ राजस्व प्राप्त गरेको थियो।

आर्थिक वर्ष ७५/७६ मा प्रति तोला सुनको मूल्य ६० हजार रुपैयाँको हाराहारीमा रहेको थियो। उक्त मूल्यमा सुनको कारोबार हुँदा सर्वसाधारणको सुन प्रतिको आकर्षण पनि बढी हुने गरेको थियो। तर त्यस लगत्तै आर्थिक वर्ष ७६/७७ मा सुनको मूल्य एक्कासी बढेर ९० हजार रुपैयाँ भन्दा माथि उक्लिएको थियो। एकाएक मूल्य बढ्दा सर्वसाधारणले नयाँ सुन किन्ने भन्दा पुरानो सुन बिक्रीतर्फ ध्यान जाँदा सुनको आयातमा समेत धक्का लाग्यो भने उता कोभिडको कारण लामो समय सुन पसल बन्द हुँदा समेत अघिल्लो वर्ष सुनको आयात ह्वात्तै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बत्ताउँछन।

गत वर्ष भने कोभिडको कारण पसलहरू थोरै समय बन्द भएपनि मागमा भने थोरै वृद्धि देखियो। नयाँ मूल्यमा उपभोक्ता अभ्यस्त हुँदै जानु र कोभिडको बीचमा सुनको मूल्य थप बढ्ने अनुमानका कारण समेत उपभोक्ताले थोरै माग बढाएकाले सुनको मागमा वृद्धि देखिएको शाक्यको भनाइ छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।