खल्तीमा दर्ता गरिएको नम्बरमा मोबाइल टपअप गर्दा १० प्रतिशत क्यासब्याक

Jul 26, 2021 01:26 PM merolagani



खल्ती डिजिटल वालेटले खल्तीमा दर्ता गरिएको नम्बरमा रिचार्ज गर्दा १० प्रतिशत क्यासब्याक पाइने अफर ल्याएको छ  ।प्रयोगकर्ताहरुका लागि रहेको यस अफरले मोबाइल टप अप गर्न रिचार्ज कार्ड स्क्रयाच गर्न पर्ने झन्झटलाई न्युनिकरण गरि ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर संचालनमा ल्याईएको खल्तीको ब्राण्ड तथा मार्केटिङ्ग प्रबन्धक शिरिष श्रेष्ठले बताए । 

एनसेल, नेपाल टेलिकम र स्मार्टको टपअपमा लागु हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन केवाईसि भेरिफाइड रहेको खल्ती आईडी कै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ ।

यो योजना सिमित समयावधि को मात्र लागि रहेको छ । हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम क्यासब्याक रु. १०० हुनेछ। त्यसपश्चात् १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ।

आफ्नो बाहेक अरुको नम्बर रिचार्ज मा पनि सामान्य रूपमा पाइने १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ। रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्ज्याक्सन हिस्ट्रीमा पुरै क्याब्याक पाएको देख्न सकिनेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।