खल्तीमा दर्ता गरिएको नम्बरमा मोबाइल टपअप गर्दा १० प्रतिशत क्यासब्याक

Jul 26, 2021 01:26 PM merolagani



खल्ती डिजिटल वालेटले खल्तीमा दर्ता गरिएको नम्बरमा रिचार्ज गर्दा १० प्रतिशत क्यासब्याक पाइने अफर ल्याएको छ  ।प्रयोगकर्ताहरुका लागि रहेको यस अफरले मोबाइल टप अप गर्न रिचार्ज कार्ड स्क्रयाच गर्न पर्ने झन्झटलाई न्युनिकरण गरि ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर संचालनमा ल्याईएको खल्तीको ब्राण्ड तथा मार्केटिङ्ग प्रबन्धक शिरिष श्रेष्ठले बताए । 

एनसेल, नेपाल टेलिकम र स्मार्टको टपअपमा लागु हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन केवाईसि भेरिफाइड रहेको खल्ती आईडी कै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ ।

यो योजना सिमित समयावधि को मात्र लागि रहेको छ । हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम क्यासब्याक रु. १०० हुनेछ। त्यसपश्चात् १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ।

आफ्नो बाहेक अरुको नम्बर रिचार्ज मा पनि सामान्य रूपमा पाइने १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ। रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्ज्याक्सन हिस्ट्रीमा पुरै क्याब्याक पाएको देख्न सकिनेछ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।