ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँट

Jul 26, 2021 08:49 AM Merolagani



ज्योति विकास बैंक लिमिटेड (JBBL) ले गत शुक्रबार अर्थात साउन ८ गते ऋणपत्र बाँडफाँट गरेको छ।

बैंकले असार २० गतेदेखि ३० गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ९ प्रतिशत ब्याजदर भएको ‘ज्योति विकास बैंक बण्ड २०८७’ बाँडफाँट गरेको हो। बैंकले प्रतिकित्ता १००० अंकित मूल्यका १५ लाख कित्ता बिक्री गरेको थियो। जसमध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट र ६ लाख कित्ता बिक्री गरेको थियो।

बाँडफाँट सम्बन्धी विवरण आवेदकहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित मेरोशेयर वेबसाइटबाट हेर्न सकिनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।