अब एनआईसी मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओ आवेदन दिन सकिने, यसरी लिनुहाेस् सेवा

Jul 26, 2021 11:32 AM merolagani



नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने भएको छ ।बैंक मार्फत डिम्याट खाता खोलेका र बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले आइपीओ खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्ने भएका हुन ।

महामारीको जोखिम कायम रहेका बेला ग्राहक महानुभावहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आइपीओ आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी मोबाइल बैंङ्किङ मार्फत आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ ।

बैंकको एनआईसी मोबाइल बैंकिङ प्रयोगकर्ताले एप भित्र रहेको एप्लाई सेयर आइकनमा ट्याप गरेर आवेदन दिन सक्ने छ ।

एप्लाइ शेयर आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर सबमिट गरेपश्चात आवेदन पूरा हुनेछ ।
ग्राहकले आफ्नो स्मार्टफोन प्रयोग गरी आईपीओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आईपीओ आवेदन दिनुपर्ने झन्झबाट ग्राहक मुक्त भएका छन ।

साथै, बैंकले आफ्नो वेबसाइट www.nicasiabank.comमा रहेको एप्लाई नाउ आइकनमा ट्याप गरेर समेत आईपीओ आवेदन दिन सकिने व्यवस्था गरेको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।