शेयर बजारले पैसा कमाउने चाहना जगाएको छ, त्यसैले नेप्से राम्रै ‘साइज’ मा पुग्छ

Jul 26, 2021 05:55 PM Merolagani

ज्ञानेन्द्रलाल प्रधान
कुनै पनि देशको ‘स्टेज’ अनुसार बिभिन्न किसिमको व्यापारिक अवसर आएको हुन्छ । कुनै बेला बैंक स्थापना गर्ने अवसर थियो ।अहिले स्वास्थ्य क्षेत्रमा लगानी गर्ने अवसर आएको छ । विस्तारै भौतिक संरचनामा लगानी गर्ने अवसर आउन सक्छ ।

यी लगानीका अवसरहरु विस्तारै आउँछन् । त्यो अवसर केही मानिसको हातमा मात्र परेको हुन्छ । अब म कान्तिपुर खोल्छु भन्न सक्छु र ? सक्दिन । यदी कान्तिपुरले चाह्यो भने अरु पत्रिकाहरु ल्याएर व्यापार विस्तार गर्न सक्छ ।

मेरै कुरा गर्ने हो भने जलविद्युतका अरु आयोजनामा लगानी गर्न सक्छु । जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्न सक्छु । किनकी मलाई जलविद्युतमा लगानी गर्दा आम्दानी हुन सक्ने विश्वास छ ।

यस्तो अवस्थामा पश्चिमी देशहरुले ‘पब्लिक इस्यु’ बाट शेयर ल्याउने गर्छन् । हाम्रो देशमा पनि नेपाल स्टक एक्चेन्ज छ ।

हामी सबैभन्दा पहिला निश्चित क्षेत्र जस्तो बैंक,बीमा लगायतका क्षेत्रमा थियौं । त्यसपछि क्रमशः होटल, उत्पादनमूलक क्षेत्र, सेवा मूलक क्षेत्रमा गयौं ।

अब त कुनै पनि क्षेत्रमा सफलता प्राप्त संस्थापकले आफ्नो शेयर बिक्री गरेर व्यवसाय विस्तार गर्न सक्ने भयो । बजारमा शेयर बिक्री गरेर व्पापार विस्तार गर्नका लागि सर्वसाधारणलाई शेयर बिक्री गर्न सक्ने अवस्था आयो ।

उदाहरणका लागि कान्तिपुरले कान्तिपुर पत्रिका मात्र बिक्री गर्न खान पुग्ने भए त उसले अरु व्यपार विस्तार गर्दैन् । यो क्षेत्रमा व्यापार विस्तार गर्ने क्षमता छ, त्यसैले व्यापार विस्तार गर्छु भन्ने लाग्छ भने आइपीओ निष्काशन गरेर जान सक्छ ।

नेपालजस्तो देश जहाँ विदेशमा गएका नेपालीले पठाउने ‘रेमिटयान्स’ रकमले गर्दा निम्न र मध्यम बर्ग एकदमै छ । गाउँ गाउँमा समेत पत्येक नेपालीको हात हातमा २/४ लाख रुपैयाँ छ । त्यो पुँजी पहिला रेष्टुरेन्टमा,रात्री जीवनमा, होटल, दोहोरी, खाने, आयातमा, ‘लक्जरी लाइफ’ मा गएको थियो ।

यो कोभिडले बचत गर्न सिकाएको छ । कोरोना भाइरसले खासगरी यो निम्न वर्ग र मध्यम वर्गलाई बचत गर्न सिकाएको छ । रेमिटयान्सको रकम नियमित रुपमा आउँदैन् । यसलाई बचाउनु पर्छ भन्ने पाठ सिकाएको छ ।

अब बचत गरेको रकम केमा लगानी गर्ने त भन्ने कुरा आउँछ । बचत गरेको रकम पहिलो अवसर त बैंक तथा वित्तीय संस्थामा मुद्दती खातामा राख्ने हो । पहिले त त्यही अवसर मात्र उपलब्ध थियो ।

अहिले बस्तुको मूल्य बृद्धि यति धेरै छ । मूल्य बृद्धि र मुद्दतीमा राखेको रकमको बचतको ब्याजदर लगभग एकै किसिमको छ । अहिले मुद्दतीमा रकम राख्दा केही फाइदा छैन् ।

६ प्रतिशत मुद्दतीको ब्याज छ र मूल्य बृद्धि पनि ६ प्रतिशत नै छ भने जहिले पनि बराबर नै हुने भयो । १० वर्षमा पनि १०० को १०० नै हुने भयो । हाम्रो जस्तो मुलुकमा ‘प्रोफिट मार्जिन’ एकदम उच्च छ ।

विदेशमा ‘प्रोफिट मार्जिन’ ३/४ प्रतिशत पनि हुँदैन् । हाम्रोमा १०/१५ प्रतिशत ‘प्रोफिट मार्जिन’ हुन्छ । धेरै ‘प्रोफिट मार्जिन’ले गर्दा मूल्य बृद्धिलाई ‘कभर’ गर्छ र केही रकम नाफा पनि हुन्छ ।

अहिले ३६ लाखले डिम्याट खाता खोलेका छन् । एउटा खाता खोल्नलाई एक परिवार मान्ने हो भने २ करोड मानिस त शेयर बजारमा संलग्न भए । यस्तो अवस्थामा ‘रियल सेक्टर’ खोलेनौ भने शेयर बजार माथि जान्छ । बजारमा अन्य क्षेत्र आएनन् भने ‘आर्टिफिसियल भ्यालु’ मात्रै क्रियट गर्छ ।

यस्तो बेलामा नयाँ नयाँ क्षेत्रबाट शेयर बजारमा छिर्ने उपयुक्त अवसर हो । पछिल्लो समय नर्भिक अस्पतालले पनि शेयर जारी गर्छु भनेको छ । नर्भिक स्वास्थ्य क्षेत्रमा छिर्ने भएको छ । कान्तिपुर सञ्चारको क्षेत्रबाट शेयर बजारमा आउँदैछ ।

यसले मार्केटलाई ‘बफर जोन क्रियट’ गरिदिन्छ । शेयर बजारमा छिर्नेका लागि र आइपिओ निष्कासन गर्ने कम्पनीका लागि प्रशस्त ठाउँ दिने छ ।

अहिले छिमेकी मुलुक भारतको तुलना गर्ने हो भने  १९९० को अवस्थामा पुगेका छौं । हङकङको तुलना गर्ने हो भने १९७०/१९७५ को तुलनामा पुगेका छौं । ती देशहरुमा त्यतिबेला अहिले नेपालमा भएकै जस्तो अवस्था थियो ।
ती देशहरुमा त्यतिबेला २,५००/३,००० हजारको विन्दुमा थियो । धेरै सेक्टरहरु शेयर बजारमा आएका थिएनन् । सरकारले अनिवार्य गरेका क्षेत्र मात्र आएका थिए ।

अहिले त सरकारले अनिवार्य गरेको क्षेत्रसँगै सम्बन्धित कम्पनीका संस्थापकले पनि आइपीओ निष्कासन गर्न थालेका छन् । सर्वसाधारणलाई पनि शेयर जारी गर्न थालेपछि पुँजी संरचन राम्रो बन्न सक्छ । त्यस्तो ठाउँबाट उठने रकम गलत ठाउँमा जादैन् । सरकारले चाहेको सेक्टरमा जाने हो ।

त्यो भएको हिसाबले अब चाँहि शेयर बजारले जमर्को उठाउने कोशिस गरेको छ । अब नेपालमा ३,००० बिन्दुमा पुगिसक्यो । ५०,००० नघिसक्यो भारतमा त्यति त नेपालमा अहिले पुग्दैन् । त्यति पुग्नलाई धेरै समय लाग्छ ।
शेयर बजार अब राम्रै ‘साइज’ मा पुग्ला भनेर आशा लिएको छु । अहिले ‘बुक बिल्डिङ सिष्टम’ आएको छ ।

पहिला मैले २० वर्षअघि कुनै कम्पनी खोले भने त्यसको मुल्य एकदमै उच्च भइसक्यो । त्यसको ‘मार्केट भ्यालु’ एकदमै माथि पुगिसक्यौं । त्यस्तो कम्पनीको शेयर मूल्य १०० मा बिक्री गर्नु पर्ने अवस्था थियो । संस्थापकले १०० रुपैयाँमा किन बिक्री गर्ने भन्ने प्रश्न उठने गरेका थियो ।

जुन कम्पनीको ‘भ्यालु’ २० वर्षमा मैले ‘क्रियट’ गरे त्यस्तो कम्पनीको शेयर १०० रुपैयाँमा मैले किन बिक्री गर्ने ? पहिला त्यो भन्दा बढी मूल्यमा बिक्री गर्न सम्भव थिएन् ।

अहिले ‘बुक बिल्डिङ सिष्टम’ आयो । त्यसपछि कसैले ३०० रुपैयाँमा त कसैले ७०० रुपैयाँमा निकाल्न थाले । त्यो भएकाले अहिले शेयर बजारमा आउने क्रम बढेको हो ।

अब कान्तिपुरको शेयर त उसको लागि १०० को १०० नै हो । बुक बिल्डिङमा गएर उसको आइपीओमा ‘डिमान्ड क्रियट’ भएर १०० रुपैयाँको शेयर ५ सय वा १ हजार भयो भने त उसको ठूलो एक्सेट क्रियट भयो हुने भयो ।

किन नेपालमा १ जना मात्र बिनोद चौधरी मात्र बिलिनियर छ ? किन भारत, चीन र अमेरिकामा त्यति धेरै बिलिनियरहरु छन् ? उनीहरुको डलरमा क्यापिटल भ्यालुले बिलियर भएका हुन् । उनीहरुको ‘क्यापिटलाइज’ भएर बिलिनियर भएको हो ।

यदी हामीले साच्चै नै विश्वलाई पच्छाउने हो भने शेयर बजारमा आउने सबैलाई स्वागत गर्नैपर्छ । अहिले खुला अर्थनीति बजार छ ।

यसमा बीचमा बिभिन्न बिकृति पनि आएका थिए । अझै पनि आउनछ । जस्तो १९९२ मा भारतमा  मेहता काण्ड पनि आएको थियो । त्यस्ता बिकृति आउँछन् नआउने पनि होइनन् ।

अमेरिका २००८ को ‘स्कान्डल’ पनि आएको थियो । तर, अन्य मुलुकको तुलनमा नेपालमा त्यस्तो स्कान्डल अहिलेसम्म आएको छैन् ।

पुँजी बजार धेरै वर्षअघि युकेबाट सुरुवात भएको हो । कुनै पनि मुलुकमा सबै मानिस ‘एन्थ्राेपेनर’ हुँदैन् । सबै मानिसले नयाँ उद्योग स्थापना गरेर जोखिम लिन सक्दैनन् ।

सरकारसँग भन्दा आम नागरिकसँग पैसा धेरै हुन्छ । सबै जोडदा पैसा भएका साहु बिनोद चौधरीसँग भन्दा आम नागरिकसँग सबै भन्दा बढी रकम हुन्छ । आम मानिस करोडौ हुन्छन् । प्रत्येकको खल्तीमा १ लाख भएपनि ठूलो अर्ब र खर्बपति हुने भयो ।

यस्ता व्यक्तिलाई मौका दिनका लागि शेयर बजारलाई प्रोत्साहित नगरी हुँदै हुँदैन् । शेयर बजार भनेको पहिलो पेशा होइन् । मुख्यतया ‘सेकेन्डरी’ पेशा हो । धेरै मानिसले आफ्नो पेशा गरेको हुन्छ । केही पुँजी मात्र शेयर बजारमा लगाएको हुन्छ । प्रायः मानिसले जागिर खाएका हुन्छन् र केही मानिसले त्यही कमाएको केही रकम बचाएर शेयर बजारमा लगाएका हुन्छन् ।

शेयर बजारमा लगानी गरेका व्यक्तिलाई के हो वित्तीय विवरण, के हो हाइड्रोपावर, के हो बैंक, कुन बैंक राम्रो छ, किन राम्रो छ भनेर सोध्यो भने ठ्याक्कै भन्न सक्छ । त्यो त उसको खुबी हो ।

शेयर बजार भनेको पैसा कमाउने चाहना जगाइ दिने हो । जस्तो अहिले ३६ लाख डिम्याट खातावालाहरुलाई पैसा कमाउने चाहना छ । ती मानिसले बैंकमा मुद्दती खातामा राखेको भए पैसा कमाउने चाहना नै हुँदैन थियो । मुद्दती पैसा राख्नेले त चुप लागेर बसेर ब्याज मात्र लिन्थे ।

बैंकमा पैसा राख्नेको आफ्नो उद्देश्य पुरा हुँदैन थियो । शेयर बजारमा आउनु राम्रो कुरा हो ।

बजार यस्तो आकारमा पुग्यो कि खेल्न सक्ने सम्भावना एकदमै कम छ । अलिकति ‘कर्नरिङ’ गर्ने त कहाँ छैन, सबैमा हुन्छ । सुन, घर, जमिन, जग्गामा पनि ‘कर्नरिङ’ हुन्छ । सानोतिनो बिकृति त आउँछ नै नआउने भन्ने त छैन् ।

पहिला पहिला भारतमा सुन किन्थे जम्मा गर्थे । अहिले सुनमा लगानी गर्ने सबै रकम पुँजी बजारमा आएको छ । पुँजी बजारमा आउनु भनेको देश विकासका लागि पुँजीको परिचालन गर्नु हो । सुन किनेर लकरमा राखेको भए त केही पनि हुँदैन थियो ।

कति हजार टन सुन भारतमा छ । खै त भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुनमा त्यतिधेरै ब्याज दिन्छु भने पनि कसैले बाहिर लिएर आएनन् । शेयर बजारमा प्रत्येक गृहेणीहरु लागेका छन् ।

अलिकति सरकारले कमाउने मौका दियो भने ३६ लाखको डिम्याट खाता ५०/६० लाख पुग्न धेरै समय लाग्दैन् । प्रत्येक नेपालीलाई १० हजार लगाउने ठाउँ पनि पायो । एक लाख, एक अर्ब लगाउने ठाउँ पनि पायो ।

सबै रकम जहाँ पारदर्शिता छ त्यहा जान्छ । पहिला नाफामा बिकृति थियो । पहिला कसैले नाफा १० करोड कमाएको थियो भने २ करोड देखाउँथे । अहिले त्यस्तो गर्ने सम्भावना छैन् । कर नीति कडा भएको छ । समयमा नतिरे जरिवाना लाग्ने भयो ।

अहिले ठूला उद्योग सबैको पारदर्शी ‘एकाउन्ट’ छ । नेप्सेमा सूचीकृत भएपछि त झन पारदर्शी हुनलाई सहयोग गर्यो ।

(ऊर्जाविद  प्रधानसँग मेरो लगानीका विष्णु बेल्वासेले गरेको कुराकानीमा आधारित लेख)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।