बुलेट पारखीको लागि नेपाल भित्रियो रोयल इन्फिल्डको मेटियर ३५०,मूल्य सार्वजनिक हुन बाँकी

Jul 28, 2021 12:15 PM merolagani



रोयल इन्फिल्डको मेटियर ३५० आगामी आज अर्थात साउन १३ गते  बुधबार नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले सो मोटरसाइकल नेपाल भित्र्याएको हो ।

 तीन भेरिन्यन्टमा उपलब्ध हुँने रोयल इन्फिल्डको मेटियर ३५० बुलेट पारखिको लागी अब प्रतिक्षाको घडी सकिएको छ ।

फायरबल, स्टेलर र सुपरनोभामा यो बाइक नेपालमा आएको छ भने ७ वटै कलर अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

फायरबल, स्टलर, सुरनोभा गरी तीन भरिएन्टमा उपलब्ध भएको यो मोटरसाइकलको मूल्य क्रमश ६ लाख , ६ लाख १७ हजार र ६ लाख ४५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

मेटियर ३५० मा पावर दिनका लागि ३४९ सीसीको सिंगल सिलिन्डर इन्जिन दिइएको छ जसले ६१०० आरपीएममा २०.२ बीएचपीको पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ ।

रोयल इन्फिल्डको मेटियर ३५० मा ड्युअल च्यानल एबीएस सिस्टम, फ्रन्ट र रियरमा डिस्क ब्रेक, ६ स्टेप एडजस्टेबल ड्युअल रियर सकर्सको साथमा ४१ एनएम टेलिस्कोपिक र फ्रन्टमा १३० एमएम फोर्क्स, स्पिडोमिटर, गियर इन्डिकेटर,

ट्रिप मिटर, ओडोमिटर, फ्युल लेवल इन्डिकेटर , ब्लुटुथ कनेक्टिभिटी, नेभिगेसन र यूएसबी चार्जिङ, मेटियर ५ ट्रान्समिसन गियरबक्स जस्ता फिचर रहेको छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।