कारोना भाइरस संक्रमण दर उकालो लाग्याे, थप ३८४० जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

Jul 28, 2021 04:43 PM merolagani



पछिल्लो २४ घण्टामा देशभर थप देशभर ३८४० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार पिसिआर र एन्टिजेन विधिबाट गरिएको कुल १५ हजार ८०८ जनाको परिक्षणमा ३८४० जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै पछिल्ला केही दिनदेखि नेपालमा कारोना भाइरस संक्रमण दर उकालो लागेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर १ हाजार ९५३ जना घर फर्किएका छन भने सोही समयमा ३३ जनाको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ ।

केहि दिनदेखि काठमाडौं उपत्यकामा पनि कोरोना भाइरस संक्रमण बढ्दै गएको तथ्याङ्कले देखाएको छ । बुधबार काठमाडौं उपत्यकाका तिनै जिल्लामा ८५९ जना कोरोना संक्रमित भेटिएका छन । हाल नेपालमा कोरोना संक्रमण दर २४ प्रतिशत रहेको छ ।

नेपालमा हालसम्म ७ लाख ४६ हजार ६५७ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ भने ६ लाख ५ हजार ९७२ निको भएर घर फर्किएका छन । मन्त्रालयका अनुसार अहिलेसम्म ७ हजार ७७२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।